डडेल्धुरामा किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले ढुंगाले हानेर मारे « Khabarhub

डडेल्धुरामा किशोरीको ज्यान लिने चितुवालाई स्थानीयले ढुंगाले हानेर मारे


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी -डडेल्धुरामा किशोरीलाई आक्रमण गरी ज्यान लिने चितुवालाई स्थानीयले घेरा हाली ढुंगामुढाले प्रहार गरेर मारेका छन् ।

बैतडीको शिवनाथ गाउँपालिका–४ बगारकी किशोरी माया महताको ज्यान लिने चितुवालाई स्थानीयहरुले घेरा हालेर मारेको शिवनाथ गाउँपालिकाका अध्यक्ष कणसिंह साउँदले जानकारी दिए ।

चितुवाले मायाको शव खाइरहेको अवस्थामा स्थानीयहरुले साँझ ५ बजेतिर ढुंगामुढा र घरेलु हतियार प्रहार गरेर चितुवा मारेको उनले बताए ।

अन्य स्थानीयलाई समेत आक्रमण गर्न थालेपछि चितुवालाई मारिएको अध्यक्ष साउँदले बताए । उनका अनुसार चितुवाको आक्रमणबाट अरू चार जना सामान्य घाइते भएका छन्।

सोमबार घाँस काट्न सीमा क्षेत्र डडेल्धुराको भागेश्वर गाउँपालिका १ मर्मागाड पुगेकी किशोरीको सोमबार दिउँसो चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो ।

आइतबार मात्रै डडेल्धुराको भागेश्वरमा चितुवाले १२ वर्षीय एक बालकको ज्यान लिएको थियो ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ७ : ४३ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार