सबैको सुरक्षाका लागि मास्क अनिवार्य- विज्ञ « Khabarhub

सबैको सुरक्षाका लागि मास्क अनिवार्य- विज्ञ

यतिबेला मास्क नलगाउनु मापसे गरेर गाडी चलाउनु जत्तिकै


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ विश्व महामारी चलिरहेको अवस्थामा मास्क लगाउन नमान्नु मापसे गरि सवारी चलाउनु जत्तिकै सामाजिक रुपमा अस्वीकार्य भएको विज्ञहरुले बताएका छन् । यसरी उनीहरुले सार्वजानिक स्थलमा रहेका बेला आफू र आफ्ना वरपरका सबैको सुरक्षाका निम्ति भएपनि अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेका हुन् ।

पछिल्लो समय अमेरिका, बेलायत, फ्रान्स लगायत विभिन्न पश्चिमी मुलुकमा नागरिकहरु मास्क लगाउने विरुद्ध रहेको पाइएको छ । केही दिन अगाडि मात्र फ्रान्समा एक बस चालकको यही विषयमा यात्रुसँग विवाद हुँदा उनीमाथि भएको कुटपिटका कारण ज्यानै गुमाउनु परेको थियो । सो घटनाले अहिले पूरै देशलाई स्तब्ध बनाइदिएको छ जबकी फ्रान्समा धेरै समय अगाडि नै सार्वजानिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम जारी गरिएको थियो ।

यसरी सरकारले बारम्बार अनुरोध गरेपनि अझै धेरैले मास्कलाई झन्झट र अनावश्यक मान्दै आएको पाइएको छ । अमेरिकामा मात्र यसका कारण थुप्रै दुर्घटना घटिसकेका छन् जहाँ राष्ट्रपति ट्रम्प नै पहिले मास्क लगाउने विरुद्धमा थिए । उनले आइतबार मात्र पहिलोपटक सार्वजानिक स्थलमा मास्क लगाएका हुन् । त्यस्तै मास्क नलगाइ र्यालीमा समेत सहभागी भएका ब्राजिलका राष्ट्रपति जैर बोल्सेनेरोलाई पनि यसअघि अदालतले नै आदेश दिनु परेको थियो जो यतिबेला संक्रमित अवस्थामा छन् ।

यसरी मानिसहरु सामाजिक दुरी र नियमित हात धुने कुरालाई गम्भीर रुपमा लिएपनि मास्क लगाउनुका फाइदाबारे अझै शंकामा छन् भने उचित नीतिको अभावमा त्यस्ता देशहरु, कोभिडलाई नियन्त्रण गर्नमा पछाडि परिरहेका छन् । यसको उदाहरण पश्चिमी मुलुकका सार्वजानिक बसमै प्रशस्त देख्न सकिने विज्ञहरुले बताएका छन् जहाँ धेरैले मास्क लगाउनुपर्ने नियम बेवास्ता गरिरहेका हुन्छन् ।

यसअघि स्वास्थ्य विद्हरुले दशौँ हजार मानिसको ज्यान जोखिममा नपारि अर्थतन्त्र खुलाउनु छ भने सबैले अनिवार्य मास्क लगाउनैपर्ने बताएका थिए । तर मास्क लगाउँदा आफूसँगै अरुलाई पनि बचाउन सकिने थुप्रै प्रमाण प्राप्त भइसकेतापनि धेरैले यसलाई अस्वीकार गरिरहेका छन् ।

गत जुनमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण तिव्र भएका क्षेत्रमा सबैले कपडाको भएपनि मुख छोप्न सुझाव दिएको थियो । अमेरिकाको रोग नियन्त्रण एवम् रोकथाम केन्द्रले पनि सार्वजानिक स्थलमा कपडाले नाकमुख छोप्नैपर्ने बताउँदै आएको छ । यसअघि युनिभर्सिटी अफ वासिङटन इन्सटिटिउटले गरेको अध्ययनमा ९५ प्रतिशत अमेरिकीहरुले मास्क लगाएर हिँड्ने गरेमा आगामी अक्टोबरसम्म ३३ हजारलाई मृत्युबाट जोगाउन सकिने बताएको थियो ।

तर जानेर बुझेर पनि आफ्नो सहित अरुको ज्यान जोखिममा पार्नेहरु भने वास्तवमै सामाजका अपराधी सरह भएको यसअघि हलिउड कलाकार टम ह्याङ्कसले बताएका हुन् । सार्वजानिक स्थलमा मास्क लगाउन नमान्नेहरुप्रति आफ्नो कुनै सम्मान नरहेको उनले बताएका थिए जो कोरोना संक्रमित भइ यतिबेला ठीक भइसकेका छन् । त्यस्तै माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सले पनि अमेरिकामा अझै धेरैले कोरोनालाई गम्भीर रुपमा नलिएको र मास्क नलगाइ हिँड्ने गरेकाप्रति ठूलो दुःख व्यक्त गरेका हुन् । सीएनएनबाट

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ५२ बजे

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता

पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौं – पत्रकार किशोर श्रेष्ठलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान

रेसुङ्गामा श्रद्धालुको घुइँचो

गुल्मी – रेसुङ्गामा श्रद्धालुहरुको घुइँचो लागेको छ। रेसुङ्गा धार्मिक क्षेत्र

इन्टर मियामी लिग कपबाट बाहिरियो

काठमाडाैं – अर्जेन्टिनाका स्टार लियोनेल मेसी बुबा जर्जको निधनपछि पहिलोपटक