सबैको सुरक्षाका लागि मास्क अनिवार्य- विज्ञ | Khabarhub Khabarhub

सबैको सुरक्षाका लागि मास्क अनिवार्य- विज्ञ

यतिबेला मास्क नलगाउनु मापसे गरेर गाडी चलाउनु जत्तिकै


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोभिड–१९ विश्व महामारी चलिरहेको अवस्थामा मास्क लगाउन नमान्नु मापसे गरि सवारी चलाउनु जत्तिकै सामाजिक रुपमा अस्वीकार्य भएको विज्ञहरुले बताएका छन् । यसरी उनीहरुले सार्वजानिक स्थलमा रहेका बेला आफू र आफ्ना वरपरका सबैको सुरक्षाका निम्ति भएपनि अनिवार्य रुपमा मास्क लगाउन आग्रह गरेका हुन् ।

पछिल्लो समय अमेरिका, बेलायत, फ्रान्स लगायत विभिन्न पश्चिमी मुलुकमा नागरिकहरु मास्क लगाउने विरुद्ध रहेको पाइएको छ । केही दिन अगाडि मात्र फ्रान्समा एक बस चालकको यही विषयमा यात्रुसँग विवाद हुँदा उनीमाथि भएको कुटपिटका कारण ज्यानै गुमाउनु परेको थियो । सो घटनाले अहिले पूरै देशलाई स्तब्ध बनाइदिएको छ जबकी फ्रान्समा धेरै समय अगाडि नै सार्वजानिक स्थलमा अनिवार्य मास्क लगाउनुपर्ने नियम जारी गरिएको थियो ।

यसरी सरकारले बारम्बार अनुरोध गरेपनि अझै धेरैले मास्कलाई झन्झट र अनावश्यक मान्दै आएको पाइएको छ । अमेरिकामा मात्र यसका कारण थुप्रै दुर्घटना घटिसकेका छन् जहाँ राष्ट्रपति ट्रम्प नै पहिले मास्क लगाउने विरुद्धमा थिए । उनले आइतबार मात्र पहिलोपटक सार्वजानिक स्थलमा मास्क लगाएका हुन् । त्यस्तै मास्क नलगाइ र्यालीमा समेत सहभागी भएका ब्राजिलका राष्ट्रपति जैर बोल्सेनेरोलाई पनि यसअघि अदालतले नै आदेश दिनु परेको थियो जो यतिबेला संक्रमित अवस्थामा छन् ।

यसरी मानिसहरु सामाजिक दुरी र नियमित हात धुने कुरालाई गम्भीर रुपमा लिएपनि मास्क लगाउनुका फाइदाबारे अझै शंकामा छन् भने उचित नीतिको अभावमा त्यस्ता देशहरु, कोभिडलाई नियन्त्रण गर्नमा पछाडि परिरहेका छन् । यसको उदाहरण पश्चिमी मुलुकका सार्वजानिक बसमै प्रशस्त देख्न सकिने विज्ञहरुले बताएका छन् जहाँ धेरैले मास्क लगाउनुपर्ने नियम बेवास्ता गरिरहेका हुन्छन् ।

यसअघि स्वास्थ्य विद्हरुले दशौँ हजार मानिसको ज्यान जोखिममा नपारि अर्थतन्त्र खुलाउनु छ भने सबैले अनिवार्य मास्क लगाउनैपर्ने बताएका थिए । तर मास्क लगाउँदा आफूसँगै अरुलाई पनि बचाउन सकिने थुप्रै प्रमाण प्राप्त भइसकेतापनि धेरैले यसलाई अस्वीकार गरिरहेका छन् ।

गत जुनमा विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण तिव्र भएका क्षेत्रमा सबैले कपडाको भएपनि मुख छोप्न सुझाव दिएको थियो । अमेरिकाको रोग नियन्त्रण एवम् रोकथाम केन्द्रले पनि सार्वजानिक स्थलमा कपडाले नाकमुख छोप्नैपर्ने बताउँदै आएको छ । यसअघि युनिभर्सिटी अफ वासिङटन इन्सटिटिउटले गरेको अध्ययनमा ९५ प्रतिशत अमेरिकीहरुले मास्क लगाएर हिँड्ने गरेमा आगामी अक्टोबरसम्म ३३ हजारलाई मृत्युबाट जोगाउन सकिने बताएको थियो ।

तर जानेर बुझेर पनि आफ्नो सहित अरुको ज्यान जोखिममा पार्नेहरु भने वास्तवमै सामाजका अपराधी सरह भएको यसअघि हलिउड कलाकार टम ह्याङ्कसले बताएका हुन् । सार्वजानिक स्थलमा मास्क लगाउन नमान्नेहरुप्रति आफ्नो कुनै सम्मान नरहेको उनले बताएका थिए जो कोरोना संक्रमित भइ यतिबेला ठीक भइसकेका छन् । त्यस्तै माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सले पनि अमेरिकामा अझै धेरैले कोरोनालाई गम्भीर रुपमा नलिएको र मास्क नलगाइ हिँड्ने गरेकाप्रति ठूलो दुःख व्यक्त गरेका हुन् । सीएनएनबाट

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ६ : ५२ बजे

ओलीपछि नेपाललाई संकट : रामकुमारी र घनश्यासहित सात नेपाले मागे राजीनामा

काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीमा देखिएको विवाद झन् झन् बढ्दै

नेपाल टेलिकमले ल्यायो जीएसएम पोस्टपेडमा सजिलो अनलिमिटेड प्याकेज, भोलिदेखि लागु हुने

काठमाडौं– नेपाल टेलिकमले जीएसएम पोस्टपेडमा दोहोरिने सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरेको छ

एमाले बैठकमा ‘सिंहदरबार संसद् भवन जलाउन प्रयोग भएको’ म्याग्नेशियम र सोडियमको चर्चा

काठमाडौं- नेकपा एमालेभित्रकै मानिसहरूलाई म्याग्नेशियम र सोडियमका रुपमा प्रयोग गरिएको

प्रचण्डको निष्कर्ष : यति धेरै धनजनको क्षति हुँदा पनि ओली पश्‍चाताप गर्न तयार भएको देखिएन

चितवन- नेकपा (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु 

भद्रपुर– यहाँस्थित मेचिनगर नगरपालिका–१५ निलकोठीमा माछा मार्ने क्रममा करेन्ट लाग्दा