स्थानीय सरकार गठनपछि स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच बढ्यो | Khabarhub Khabarhub

स्थानीय सरकार गठनपछि स्वास्थ्य क्षेत्रमा नागरिकको सहज पहुँच बढ्यो


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला– स्थानीय सरकार गठनपछि दार्चुलाका सबै क्षेत्रमा नागरिकको स्वास्थ्य क्षेत्रमा सहज पहुँच पुगेको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको दार्चुलाका सबै स्थानीय तहका बस्तीमा स्वास्थ्य सेवाको सहज पहुँच पुगेको हो ।

विगतमा ४१ गाविस हुँदा गाविसस्तरसम्म मात्रै स्वास्थ्य सेवाको पहुँच पुगेकामा अहिले वडा र दुर्गम क्षेत्रका बस्तीसम्म स्वास्थ्य सेवाको सहज पहुँच पुगेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । संविधानले नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा पाउने अधिकारको सुनिश्चितता गरेसँगै दुर्गम बस्तीसम्म स्थानीय सरकारको अगुवाइमा स्वास्थ्य सेवा पहुँच पुगेको मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताए ।

उनले भने, “पहिले सामान्य स्वास्थ्य सेवा लिन घण्टौँ हिँड्नुपर्ने बाध्यता थियो, अहिले नागरिकले आधारभूत सेवा सहजै पाउन थालेका छन् ।”

स्वास्थ्य कार्यालय दार्चुलाका अनुसार जिल्लामा दुईवटा अस्पताल छन् । हरेक स्थानीय तहमा सामुदायिक अस्पताल निर्माणको थालनी भएको छ । स्वास्थ्यचौकी जिल्लाभरि ४० छन् । तीमध्ये व्यासमा पाँच, दुहुँमा चार, नौगाडमा चार, मार्मामा पाँच, मालिकार्जुनमा छ, लेकममा चार र अपिहिमाल गाउँपालिकामा दुईवटा छन् भने महाकाली र शैल्यशिखर नगरपालिकामा समान पाँच/पाँचवटा स्वास्थ्यचौकी छन् ।

यसैगरी नौवटै स्थानीय तहमा सामुदायिक स्वास्थ्य एकाइ २६, शहरी स्वास्थ्य एकाइ चार र आधारभूत स्वास्थ्य केन्द्र १४ वटा स्थापना गरिएको छ भने गाउँघर क्लिनिक १५७, खोप क्लिनिक १४५ रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाभरि २९ वटा निजी स्वास्थ्य क्लिनिक सञ्चालनमा छन् ।

स्वास्थ्य सेवालाई प्राथमिकता दिँदै स्थानीय तहले पनि स्वास्थ्य सेवामा नयाँ–नयाँ कार्यक्रम सञ्चालन गरेको जनस्वास्थ्य अधिकृत जयराज भट्टले बताए । “विगतको तुलनामा नागरिकले स्थानीयस्तरमै स्वास्थ्य सेवाको पहुँच पाएका छन् । स्थानीय तहहरुले पनि नवीनतम कार्यक्रममार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको देखिन्छ”, उनले भने ।

व्यास गाउँपालिकाले विपन्न नागरिक उपचार सहयोग कार्यक्रम ल्याएको छ भने महाकाली नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी वडा घोषणा कार्यक्रम ल्याएको छ । नौगाड गाउँपालिकाले हरेक बस्तीबाट ३० मिनेटको दूरीमा पुगिने गरी स्वास्थ्य स्थापना गरेको छ ।

मार्मा गाउँपालिकाले ‘सफा आमा, स्वच्छ बच्चा’ कार्यक्रम चालु गरेको छ भने अपिहिमाल गाउँपालिकाले गर्भवती र सुत्केरीलाई ‘उपाध्यक्ष कोशेली कार्यक्रम’लाई निरन्तरता दिएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन कार्यक्रम ल्याएको छ भने लेकम गाउँपालिकाले सबै स्वास्थ्य सेवामा ल्याब सेवा विस्तार नीति कार्यान्वयन गरिरहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १० : ५१ बजे

कपनबाट पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले कपन क्षेत्रबाट पेस्तोलसहित एकजनालाई पक्राउ गरेको

आरल्याण्ड ए ले दियो नेपाल ए लाई विशाल लक्ष्य

काठमाडौं – पहिलो टी–२० खेलमा आयरल्याण्ड ए ले नेपाल ए

‘पशुपतिप्रसाद’का हनुमानको लहड : प्रेमिकाको आमाको गहना बन्धकी राखेर फिल्ममा लगानी

काठमाडौं – जुन फिल्ममा मुख छोपेर अभिनय गरे रवीन्द्र यही

प्रधानमन्त्री भन्छन् – बजेट निर्माणमा आफैँले कमान्ड लिन्छु

मकवानपुर – प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी वर्षको बजेट निर्माणमा आफैँले

आईपीएलमा आज बेंगलुरु र कोलकाता भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलुरु र