जाडोमा उच्च रक्तचाप हुन नदिने के गर्ने ? « Khabarhub

जाडोमा उच्च रक्तचाप हुन नदिने के गर्ने ?


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतयार जाडो महिनामा बाहिर धेरै चिसो हुने भएकाले हाम्रो शरीरको नशाहरु खुम्चिने गर्छन् ।

यसले गर्दा हाम्रो शरीरमा रगत सञ्चालन राम्रोसँग हुन पाउँदैन । हाम्रो शरीरको रक्तचाप बढ्ने गर्छ । जाडो समयमा उच्च रक्तचापका कारण हृदयघातको सम्भावना बढी हुने गर्छ । यसले मानिसको ज्यानै समेत जान सक्छ । कसरी जोगिने ?

कसरी सतर्कता अपनाउने ?

१. नुनको प्रयोग कम गर्नेः धेरै नुनको प्रयोगले गर्दा शरीरको रक्तचाप बढ्ने गर्छ । बाहिरको दानामा नुनको बढी प्रयोग गरिएको हुन्छ र त्यसैले बाहिरको खाना खान हुँदैन । यसले रक्तचाप बढाउने गर्छ । हामीले खाने खानामा आवश्यकभन्दा बढी नुनको प्रयोग गर्न हुँदैन

२. पौष्टिक अनाजको सेवनः फलफूल र तरकारीमा बढी मात्रामा भिटामिन, सिनेरल्स र फाइबर पाइने गर्छ । यसले हाम्रो मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्छ । त्यसैले हामीले यस्ता खानेकुरामा बढी जोड दिनुपर्छ

३. तौल नियन्त्रणः तौल बढ्नाले मुटुलाई असर गर्ने गर्छ । यसले उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । त्यसैले आफ्नो शरीरको तौल नियन्त्रण गर्न निकै जरुरी हुन्छ । तौल सन्तुलित रुपमा हुनाले हाम्रो मुटु स्वास्थ्य रहने गर्छ ।

४. व्यायामः दैनिक करिब ३० मिनेको व्यायाम स्वीमीङ तथा विरस्क वाकिङ पनि मुटु रोगी तथा उच्च रक्तचापका साथमा अन्य रोग पनि छ भने चिकित्सकको सल्लाह अनुसार व्यायाम गर्नु उचित हुन्छ

५. मदिरा सेवन नगर्नेः मदिरा सेवनले शरीरमा कोलेस्ट्रोल बढाउँछ । यसले गर्दा हाम्रो रक्तचाप बढ्ने गर्छ । यसले हाम्रो मुटुलाई असर गर्छ । त्यसैले मुटु स्वास्थ्य राख्न रक्तचाप सन्तुलनमा राख्न मदिराको सेवन गर्न हुँदैन ।

६. शान्त रहनुहोस्ः व्यस्त जीवनशैलीका कारण अहिले मानिसहरु आफ्ना लागि समय दिन सकिरहेका छैनन् । परिणामस्वरुप उनीहरुमा कुण्ठा भरिँदै गएको छ । झनक्क रिसाउने, कराउने, झगडा गर्ने स्वभाव मानिसहरुमा आएको छ । विभिन्न ध्यान योगा गर्नुहोस् यसले तपाईको मन शान्त राख्न मदत गर्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : ०४ बजे

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

काठमाडौं– प्रतिकूल मौसमका कारण आज दिउँसोदेखि हवाई उडान प्रभावित बनेको

आईसीसी विश्वकप लिग–२ : ओमानसँग नेपाल १०२ रनले पराजित

काठमाडौं– आईसीसी विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाल ओमानसँग १०२ रनले पराजित

इजरायली राजदूत र कांग्रेस संसदीय दलका नेता आङ्देम्बेबीच भेटवार्ता

काठमाडौं– प्रमुख विपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज

‘दक्षिण सुडानमा ७८ लाख मानिस खाद्य असुरक्षाको जोखिममा’

एजेन्सी– दक्षिण सुडानमा बढ्दो भोकमरी संकटका कारण सन् २०२६ अप्रिलदेखि जुलाईसम्म

पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो

मुस्ताङ– पोखरा–जोमसोम मार्गमा हवाई यात्रुको सङ्ख्या घट्दो क्रममा रहेको छ