जाडोमा उच्च रक्तचाप हुन नदिने के गर्ने ? « Khabarhub

जाडोमा उच्च रक्तचाप हुन नदिने के गर्ने ?


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामान्यतयार जाडो महिनामा बाहिर धेरै चिसो हुने भएकाले हाम्रो शरीरको नशाहरु खुम्चिने गर्छन् ।

यसले गर्दा हाम्रो शरीरमा रगत सञ्चालन राम्रोसँग हुन पाउँदैन । हाम्रो शरीरको रक्तचाप बढ्ने गर्छ । जाडो समयमा उच्च रक्तचापका कारण हृदयघातको सम्भावना बढी हुने गर्छ । यसले मानिसको ज्यानै समेत जान सक्छ । कसरी जोगिने ?

कसरी सतर्कता अपनाउने ?

१. नुनको प्रयोग कम गर्नेः धेरै नुनको प्रयोगले गर्दा शरीरको रक्तचाप बढ्ने गर्छ । बाहिरको दानामा नुनको बढी प्रयोग गरिएको हुन्छ र त्यसैले बाहिरको खाना खान हुँदैन । यसले रक्तचाप बढाउने गर्छ । हामीले खाने खानामा आवश्यकभन्दा बढी नुनको प्रयोग गर्न हुँदैन

२. पौष्टिक अनाजको सेवनः फलफूल र तरकारीमा बढी मात्रामा भिटामिन, सिनेरल्स र फाइबर पाइने गर्छ । यसले हाम्रो मुटुलाई स्वास्थ्य राख्न मद्दत गर्छ । त्यसैले हामीले यस्ता खानेकुरामा बढी जोड दिनुपर्छ

३. तौल नियन्त्रणः तौल बढ्नाले मुटुलाई असर गर्ने गर्छ । यसले उच्च रक्तचापको सम्भावनालाई बढाउँछ । त्यसैले आफ्नो शरीरको तौल नियन्त्रण गर्न निकै जरुरी हुन्छ । तौल सन्तुलित रुपमा हुनाले हाम्रो मुटु स्वास्थ्य रहने गर्छ ।

४. व्यायामः दैनिक करिब ३० मिनेको व्यायाम स्वीमीङ तथा विरस्क वाकिङ पनि मुटु रोगी तथा उच्च रक्तचापका साथमा अन्य रोग पनि छ भने चिकित्सकको सल्लाह अनुसार व्यायाम गर्नु उचित हुन्छ

५. मदिरा सेवन नगर्नेः मदिरा सेवनले शरीरमा कोलेस्ट्रोल बढाउँछ । यसले गर्दा हाम्रो रक्तचाप बढ्ने गर्छ । यसले हाम्रो मुटुलाई असर गर्छ । त्यसैले मुटु स्वास्थ्य राख्न रक्तचाप सन्तुलनमा राख्न मदिराको सेवन गर्न हुँदैन ।

६. शान्त रहनुहोस्ः व्यस्त जीवनशैलीका कारण अहिले मानिसहरु आफ्ना लागि समय दिन सकिरहेका छैनन् । परिणामस्वरुप उनीहरुमा कुण्ठा भरिँदै गएको छ । झनक्क रिसाउने, कराउने, झगडा गर्ने स्वभाव मानिसहरुमा आएको छ । विभिन्न ध्यान योगा गर्नुहोस् यसले तपाईको मन शान्त राख्न मदत गर्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ८ : ०४ बजे

बैरेनी जग्गा एकीकरण आयोजना कार्यान्वयन चरणमा

डुम्रे – तनहुँको व्यास नगरपालिका–१० स्थित बैरेनी जग्गा एकीकरण आयोजना

उपनिर्वाचनका लागि दल दर्ता गराउने लोसपाको निर्णय

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा)ले आगामी वैशाख १०

तरकारी र फलफूलको आजको मूल्य कति? 

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका

थुकको छिटा र हावाको माध्यमबाट क्षयरोग सर्छ

काठमाडौं – क्षयरोग भनेको एक प्रकारको संक्रामक रोग हो ।

प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भएको तीन महिना पूरा

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेस्रो पटक