हत्या गरिएका शिक्षकको शव पोष्टमार्टम गर्न धरान लगियो « Khabarhub

हत्या गरिएका शिक्षकको शव पोष्टमार्टम गर्न धरान लगियो


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको शव पोस्टमाटम गर्न धरान लगिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खे बस्ने ५२ वर्षीय शिक्षक श्रेष्ठको शव पोष्टमार्टमका लागि धरान लगिएको हो ।

हात पछाडि बाँधेर घाँटी रेटी श्रेष्ठको हत्या भएको छ ।

मिक्लाजुङकै सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा प्रहरीले मंगलबार दिउँसो फेला पारेको थियो ।

नेकपाका मेची-कोशी ब्युरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै शिक्षक हत्याको जिम्मा लिएका थिए । आफ्नो पार्टीका गतिविधिको सुराकी गरेको र पटक-पटक सम्झाउँदा समेत श्रेष्ठले नटेरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १२ : १० बजे

भारत-चीन सम्बन्धको लाभ लिन नेपालले रणनीति बदल्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भारतको नयाँ दिल्लीमा सम्पन्न

ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा आइतबार बिहान ट्रक

रुकुम पश्चिममा जिप दुर्घटना: दुई जनाको मृत्यु, नौ घाइते

सुर्खेत – रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ देउताखोलामा जिप दुर्घटना हुँदा

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर