हत्या गरिएका शिक्षकको शव पोष्टमार्टम गर्न धरान लगियो « Khabarhub

हत्या गरिएका शिक्षकको शव पोष्टमार्टम गर्न धरान लगियो


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– हत्या गरिएका शिक्षक राजेन्द्र श्रेष्ठको शव पोस्टमाटम गर्न धरान लगिएको छ ।

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा हत्या गरिएका मोरङको मिक्लाजुङ गाउँपालिका–१ बर्खे बस्ने ५२ वर्षीय शिक्षक श्रेष्ठको शव पोष्टमार्टमका लागि धरान लगिएको हो ।

हात पछाडि बाँधेर घाँटी रेटी श्रेष्ठको हत्या भएको छ ।

मिक्लाजुङकै सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको शव घाँटी रेटी हत्या गरिएको अवस्थामा प्रहरीले मंगलबार दिउँसो फेला पारेको थियो ।

नेकपाका मेची-कोशी ब्युरो इन्चार्ज प्रतापले विज्ञप्ति जारी गर्दै शिक्षक हत्याको जिम्मा लिएका थिए । आफ्नो पार्टीका गतिविधिको सुराकी गरेको र पटक-पटक सम्झाउँदा समेत श्रेष्ठले नटेरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १२ : १० बजे

तस्बिरमा हेर्नुहोस्, हेटौँडाको राष्ट्रियसभा निर्वाचन 

काठमाडौं– बागमती प्रदेशको हेटौडामा सुरु भयो राष्ट्रिय सभा सदस्य निर्वाचित

गोरखामा सुन्तला उत्पादन १५ प्रतिशत वृद्धि

गोरखा– जिल्लामा यस वर्ष सुन्तला उत्पादन १५ प्रतिशतले वृद्धि भएको

नमोबुद्धमा ‘सेभेन ए साइड’ फुटबल प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक– सोनाम ल्होसारका अवसरमा काभ्रेको नमोबुद्ध नगरमा राष्ट्रिय फुटबल प्रतियोगिताको

हेटौँडाको महाशक्ति साबुन उद्योगमा आगालगी

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन

मैदान फेरियो तर लक्ष्य उही छ : ज्ञानेन्द्र मल्ल

काठमाडौं – पूर्व क्रिकेटर एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) समानुपातिक