भोलिदेखि भर्चुअल फेस्टिभल ‘किम्फ’ शुरु हुने « Khabarhub

भोलिदेखि भर्चुअल फेस्टिभल ‘किम्फ’ शुरु हुने


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौंमा किम्फ (काठमाडौं इन्टरनेसनल फिल्म फेस्टिभल) भोलि बिहिबारदेखि शुरु हुँदैछ ।

आयोजकका अनुसार अठारौं संस्करणको किम्फ चार दिनसम्म चल्नेछ । कोरोना भाइरसका कारण भर्चुअल फेस्टिभलको आयोजना गर्न लागिएको हो ।

यसवर्ष फेस्टिभलमा प्रदर्शन हुने फिल्म किम्फको आधिकारिक वेबसाइट www.kimff.org मार्फत् हेर्न सकिनेछ ।

आयोजकले जनाएअनुसार यसवर्ष विभिन्न १५ मुलुकका फिल्मकर्मीहरुले यसमा सहभागिता जनाएका छन् । यसमा १८ वटा चलचित्र प्रदर्शन गरिनेछ । यसैगरी नेपाल पानोरमा अन्तर्गत कथानक र वृत्तचित्र गरी १२ वटा फिल्म प्रदर्शन गरिनेछ ।

अघिल्ला वर्षमा झैं यस वर्ष पनि अन्तर्राष्ट्रिय चलचित्रमा पर्वतीय जनजीवन, पर्वतारोहण एवं साहसिक क्रीडाकर्म समेटिएका छन् । नेपाल पानोरामामा प्रतिभाशाली नेपाली फिल्मकर्मीहरू प्रस्तुति रहनेछ ।

भुटानी फिल्म निर्देशक खिन्चे नोर्बु रिम्पोचेको नयाँ चलचित्र ‘लुकिङ अफर अ लेडी विथ फ्याङ्गस अ मुस्ट्याच’को प्रदर्शनसँगै महोत्सव उद्घाटन गरिनेछ । यो फिल्म नेपालमा छायांकन गरिएको थियो । फेस्टिभलमा निर्देशक रिम्पोचेले भर्चुअल प्रवचन समेत दिने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  १ : ०९ बजे

२० दललाई भाग मिलाउँदा मैदानभरी नअट्ने बन्यो, नेताहरू भन्छन् : बहुमत ल्याउने हाम्रै दलले हो

काठमाडौं– विभिन्न २० घटक मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले

निर्वाचनको स्वार्थमा भएको एकताको कुनै अर्थ हुँदैन : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचन र पदको

डिम्ब बिक्री प्रकरणमा विवादित महान्यायाधिवक्ताले फिर्ता लिइन् रविविरुद्धका दुई गम्भीर मुद्दा

काठमाडौं– किशोरीहरूका डिम्ब बिक्री प्रकरणमा मुछिएकी छोरीलाई जोगाउन निर्णय गरेकी

शेरबहादुरका ‘लाचार छाया’ पूर्णबहादुर : रुपान्तरणको अवसर गुमाएर कांग्रेस विभाजन

काठमाडौं– भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनको स्पष्ट सन्देश