प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै « Khabarhub

प्याराग्लाइडिङको व्यावसायिक उडान हुँदै


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- पर्वत सदरमुकाम कुश्माबजार र बागलुङको बलेवा क्षेत्रमा प्याराग्लाइडिङको व्यावसायिक उडान शुरु हुने भएको छ ।

पोखरामा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल सम्पन्न भएपछि सराङकोटबाट हुँदै आएको प्याराग्लाइडिङको विकल्प खोजी भइरहेका बेला पर्वत सदरमुकाम कुश्माबजार आसपासमा प्याराग्लाइडिङको व्यावसायिक उडानका लागि बलेवामा पूर्वाधार निर्माण गर्न थालिएको हो ।

प्याराग्लाइडिङको व्यावसायिक उडान गर्ने गरी बलेवामा पूर्वाधार निर्माण थालिएको छ । गण्डकी प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले बागलुङ नगरपालिका–१३ स्थित पैँयुपाटामा पूर्वाधार निर्माण थालिएको हो ।

प्याराग्लाइडिङ उडान (टेक अफ) गर्ने स्थान पहरेमा पूर्वाधार निर्माण शुरु गरिएको हो ।

गण्डकी प्रदेशले बागलुङसहित पाँच स्थानमा प्याराग्लाइडिङको पूर्वाधार निर्माण थालेकामा साहसिक पर्यटकहरुको गतिविधि बढ्दै गइरहेको धौलागिरिमा प्याराग्लाइडिङको राम्रो सम्भावना देखिएको गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले बताए ।

मन्त्री लम्सालले साबिकको धौलागिरि क्षेत्र साहसिक पर्यटनसँग जोडिँदै गएको बताए ।

बलेवास्थित पहरेबाट प्याराग्लाइडिङ उडान गर्ने र बलेवा क्षेत्रसँगै पर्वतको सदरमुकाम क्षेत्र अवलोकन गरेपछि अवतरण गर्ने गरी दुईपटकसम्म सफल परीक्षण गरिसकिएको छ ।

बलेवामै रहेको विमानस्थल वा कुश्माबजारस्थित चण्डिका गण रहेको बडागाउँ चौरमा समेत अवतरण गर्न सकिन्छ ।

हावाको वेग मिल्ने र दृश्यावलोकनमा राम्रो देखिएपछि गण्डकी प्रदेश सरकारले रु २० लाख विनियोजन गरेर पूर्वाधार निर्माण थालेको प्याराग्लाइडिङ पूर्वाधार निर्माण समितिका अध्यक्ष पदमबहादुर गिरीले जानकारी दिए ।

उनका अनुसार उडान गर्ने स्थानको धावनमार्ग सुधार, शौचालय, प्रतीक्षालय, कार्यालयलगायत संरचना निर्माण गरिनेछ ।

उक्त संरचना दुई महिनाभित्रै निर्माण सम्पन्न गरी प्याराग्लाइडिङको संस्था दर्ता गर्ने कार्यसमेत अगाडि बढाइने उनले बताए ।

प्याराग्लाइडिङ उडान गर्ने स्थान एक हजार ८५४ मिटरको उचाइमा रहेको छ । यस क्षेत्रमा प्याराग्लाइडिङ शुरु भएपछि पर्वत र बाग्लुङको बलेवा क्षेत्रका बासिन्दा प्रत्यक्षरुपमा लाभान्वित हुने भएका छन् ।

यहाँ जानका लागि पर्वतको मालढुङ्गा वा कुश्मा–कैया अग्लो झोलुङ्गे पुल, कुश्मा–बलेवा यान्त्रिक पुल र विश्वकै अग्लो बञ्जी जम्प सञ्चालन भएको पुल तरेर पुग्न सकिन्छ ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  २ : ५२ बजे

युद्ध-विरामको बाबजुद लेबनानमा इजरायली आक्रमण

एजेन्सी– मध्यपुर्व युद्धमा घोषण भएको शान्ति सम्झौताको बाबजुद इजरायली सेनाले

विश्वकपमा अस्ट्रियाको ३६ वर्षपछिको ऐतिहासिक जित, जोर्डन ३-१ ले पराजित

काठमाडौं- अस्ट्रियाले फिफा विश्वकपको फाइनल चरणमा १९९० यताकै पहिलो जित

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो