प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा « Khabarhub

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा


२८ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा (एमाले) का नेताहरू आवासीयरूपमा रहेर बैठक व्यस्त रहेका छन् ।

गत फागुन २१ गतेको निर्वाचनमा पार्टीको पराजयलगायतको समीक्षा गरेर पार्टी र जनताको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनः गठनका लागि सुझाव दिन गठित सो कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेपलाञ्चोकमा आवासीयरूपमा रहेर छलफल गरिरहेको जनाइएको छ ।

एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यका अनुसार शनिबार बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आइतबार काठमाडौँ फर्किन्छन् ।

पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित कार्यदलले प्रदेशगतरूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शङ्कर पोखरेलबाट तयार गरिएको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो । 

महासचिव पोखरेलको प्रतिवेदनमा अधिकांश नेताहरूको सहमति रहेको जनाइए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरु छलफल गरिएको हो ।

गत जेठ १० गते सम्पन्न एमालेको सचिवालयको आठौँ बैठकले उपाध्यक्ष थापाको संयोजकत्वमा १५ सदस्यीय कार्यदल गठन गरेको थियो । गत जेठ २६ गते पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा भएको कार्यदलको पहिलो बैठकले प्रदेशगत रूपमा सुझाव लिने कार्यतालिका बनाएको थियो ।

गत शुक्रबारको बैठकमा दुई फरक फरक प्रतिवेदन प्रस्तुत भएपछि सबै विषय समेटेर एकै प्रतिवेदन बनाएर सचिवालयको बैठकमा पेस गर्ने कार्यदलको तयारी छ  ।

भोटेकोशी बाढीपछिको अवस्थामा एमालेको केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक आगामी असोज ५,६ र ७ गतेका लागि तोकिएकाले कार्यदललाई प्रतिवेदन अन्तिम रुप दिने प्रयास जारी रहेको जनाइएको छ ।
 

प्रकाशित मिति : २८ भाद्र २०८३, आइतबार  १ : १८ बजे

उपसभापतिमा जीवन परियारको उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जीवन परियारले उपसभापतिमा उम्मेदवारी दर्ता

कांग्रेस महाधिवेशन : प्यानल बनाउन र चिरकटो बाँड्न बन्देज

काठमाडौं– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको उम्मेदवारी दर्ता

काठमाडौँ – नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन : प्यानल बनाउन बन्देज, सभापति पदका लागि समेत चुनाव हुने निश्चितप्रायः

काठमाडौं- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा उम्मेदवारहरूले प्यानल बनाउन नपाउने

‘आजसम्म जो–जस्ले जे–जे बोल्नुभयो वा जेसुकै गर्नुभयो, आजसम्मको छोडिदिने : एमाले अपानी’ (पूर्णपाठसहित)

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टीभित्र अनुशासन पुनर्स्थापना गर्न