कम्युनिष्ट नेता मणिकलाल गौतमको निधनले दुःखी बनायो- प्रधानमन्त्री ओली « Khabarhub

कम्युनिष्ट नेता मणिकलाल गौतमको निधनले दुःखी बनायो- प्रधानमन्त्री ओली


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले दाङका कम्युनिष्ट नेता मणिकलाल गौतमको निधनमा  दुःख व्यक्त गरेका छन् ।

बुधबार एक शोक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले दाङको कम्युनिष्ट आन्दोलनका संस्थापक नेतासमेत रहेका गौतमको निधनले आफूलाई अत्यन्तै दुखित तुल्याएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले दिवंगत गौतमप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोकाकुल परिवार तथा आफन्तजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

गौतमले दाङ क्षेत्रमा पार्टी स्थापनादेखि नै लामो समयसम्म स्वतन्त्रता, सामाजिक न्याय, समानता र प्रगतिशील आन्दोलनमा निरन्तर रुपमा पुर्‍याएको योगदान अविस्मरणीय रहेको बताउँदै प्रधानमन्त्री ओलीले न्याय, स्वतन्त्रता र सामाजिक परिवर्तनको आन्दोलनमा उनको निष्ठा र समपर्णको सम्मान गरेका छन् ।

विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गाैतम नेकपा दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए । उनको आज बिहान ३ बजे निधन भएको थियो ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ०१ बजे

नवीकरण म्याद समाप्त भएका ५ हजार बढि औषधि पसलहरूको प्रमाणपत्र रद्द

काठमाडौं– औषधि व्यवस्था विभागले नवीकरण म्याद समाप्त भएका औषधि पसलहरूको

निश्कलको व्यङ्ग्य- प्रधानमन्त्रीलाई पसलमा चिया पिउन फुर्सद छ, किसानको समस्या सुन्न समय रहेनछ

काठमाडौं–  नेपाली कांग्रेसका सचेतक निश्कल राईले भारतमा चिया निर्यातमा देखिएको

विश्वकपमा मेस्सीको ऐतिहासिक रात

एजेन्सी– लियोनेल मेस्सीले विश्व फुटबलमा अर्को ऐतिहासिक उपलब्धि थप्दै आफ्नो

च्याउखेतीबाट रोजगारी दिन र मनग्य आम्दानी लिन सफल मङ्गल

अत्तरिया– कैलालीको धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेती गर्दै

सुकुम्वासीको उचित बन्दोबस्त गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईले नेपाल–भारत