काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१४ महिला र २८८ पुरुष गरी ४९६ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौँ उपत्यकामा मात्रै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख १४ हजार ५ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
सोही अवधिमा काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तो छ मन्त्रालयको तथ्यांक
पछिल्लो विवरणसहित काठमाडौंमा मात्र हालसम्म कोरोना संक्रमितको संख्या ९१ हजार ५७७ पुगेको छ । जसमध्ये ४२८ जनाको मृत्यु भएको छ भने ८६ हजार ३६८ जना निको भएका छन्।
यसैगरी ललितपुरमा हालसम्म १४ हजार ९२ जना संक्रमित भएका छन्। जसमा १२८ जना संक्रमितको मृत्यु भएको छ भने १३ हजार २४ जना निको भएका छन्।
यस्तै भक्तपुरमा हालसम्म ८ हजार ३३६ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ९६ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ७८७ जना निको भएका छन्।
मन्त्रालका अनुसार हाल काठमाडौमा ४ हजार ७८१, ललितपुरम ९४० र भक्तपुरमा ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रतिक्रिया