काठमाडौं उपत्यकामा ४९६ संक्रमित थपिए, ६ को मृत्यु (विवरणसहित) | Khabarhub Khabarhub

काठमाडौं उपत्यकामा ४९६ संक्रमित थपिए, ६ को मृत्यु (विवरणसहित)


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१४ महिला र २८८ पुरुष गरी ४९६ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौँ उपत्यकामा मात्रै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख १४ हजार ५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्रालयको तथ्यांक

पछिल्लो विवरणसहित काठमाडौंमा मात्र हालसम्म कोरोना संक्रमितको संख्या ९१ हजार ५७७ पुगेको छ । जसमध्ये ४२८ जनाको मृत्यु भएको छ भने ८६ हजार ३६८ जना निको भएका छन्।

यसैगरी ललितपुरमा हालसम्म १४ हजार ९२ जना संक्रमित भएका छन्। जसमा १२८ जना संक्रमितको मृत्यु भएको छ भने १३ हजार २४ जना निको भएका छन्।

यस्तै भक्तपुरमा  हालसम्म ८ हजार ३३६ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ९६ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ७८७ जना निको भएका छन्।

मन्त्रालका अनुसार हाल काठमाडौमा ४ हजार ७८१, ललितपुरम ९४० र भक्तपुरमा ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ५३ बजे

रहेनन् प्यूठानका भेलुबाजे

प्यूठान – सामाजिक सञ्जालमा चर्चित प्यूठानका मिनबहादुर बुढा ‘भेलुबाजे’को निधन

प्रदेश सरकार जनताका समस्याप्रति संवेदनशील छ : मुख्यमन्त्री यादव

सप्तरी – मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले जनताका समस्याप्रति प्रदेश

जिल्ला कारागार सिरहाको अतिक्रमित जग्गा खाली गराउन माग

सिरहा – सिरहा जिल्ला कारागार कार्यालयको करिब तीन कठ्ठा अतिक्रमण

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि क्रिकेटमा नेपाल पराजितसम्म

संघीय संसद्‍को बजेट अधिवेशन आह्वान सरकारले संसद्को बजेट अधिवेशन आह्वान

मन्त्रिपरिषद् बैठक : संसद् आह्वान, डढेलो निभाउन सबै शक्ति लगाउने

सरकारले सरकारले वैशाख २८ गते बजेट अधिवेशन बोलाउने निर्णय गरेको