काठमाडौं उपत्यकामा ४९६ संक्रमित थपिए, ६ को मृत्यु (विवरणसहित) « Khabarhub

काठमाडौं उपत्यकामा ४९६ संक्रमित थपिए, ६ को मृत्यु (विवरणसहित)


२४ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४९६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २१४ महिला र २८८ पुरुष गरी ४९६ संक्रमित थपिएका हुन् । योसँगै काठमाडौँ उपत्यकामा मात्रै हालसम्म कोरोना भाइरस संक्रमितको संख्या १ लाख १४ हजार ५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३९३ , ललितपुरमा ७५ र भक्तपुरमा ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा काठमाडौंमा ३ र ललितपुमा ३ जना गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

यस्तो छ मन्त्रालयको तथ्यांक

पछिल्लो विवरणसहित काठमाडौंमा मात्र हालसम्म कोरोना संक्रमितको संख्या ९१ हजार ५७७ पुगेको छ । जसमध्ये ४२८ जनाको मृत्यु भएको छ भने ८६ हजार ३६८ जना निको भएका छन्।

यसैगरी ललितपुरमा हालसम्म १४ हजार ९२ जना संक्रमित भएका छन्। जसमा १२८ जना संक्रमितको मृत्यु भएको छ भने १३ हजार २४ जना निको भएका छन्।

यस्तै भक्तपुरमा  हालसम्म ८ हजार ३३६ जनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जसमा ९६ जनाले ज्यान गुमाएका छन् भने ७ हजार ७८७ जना निको भएका छन्।

मन्त्रालका अनुसार हाल काठमाडौमा ४ हजार ७८१, ललितपुरम ९४० र भक्तपुरमा ४५३ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रकाशित मिति : २४ मंसिर २०७७, बुधबार  ४ : ५३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ