उत्खननको विरोध गर्ने महतोलाई ठक्कर दिने टिपरका चालक पक्राउ « Khabarhub

उत्खननको विरोध गर्ने महतोलाई ठक्कर दिने टिपरका चालक पक्राउ


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– अवैध उत्खननको विरोध गर्दै आएका जनकपुरका युवा दिलीपकुमार महतोलाई किचेर मार्ने टिपरका चालकलाई पक्राउ परेका छन् ।

मिथिला नगरपालिका ५ श्रीपुरका २४ वर्षीय दिलीपको शुक्रबार बिहान साथीसँग मर्निङ वाक गएका बेला टिपरले ठक्कर दिँदा मृत्यु भएको थियो ।

दिलीपको मृत्यु दुर्घटना नभइ हत्या भएको भन्दै परिवारका सदस्य र स्थानीयले विरोध गरेका थिए । दिलीपको पहिला हत्या गरी त्यसपछि उनको शरीरमा टिपर चढाइएको आफन्त र स्थानीयले आरोप लगाउँदै आएका छन् ।

दिलीपलाई किचेर मारे लगत्तै फरार रहँदै आएका ना ७ ख ६४१३ नम्बरको टिपरका चालक मुनिन्द्र महतोलाई प्रहरीले शुक्रबार दिउँसो पक्राउ गरेको हो ।

उनलाई ढल्केबर नजिकबाट पक्राउ गरि अनुसन्धान प्रकृया अगाडि बढाएको धनुषाका प्रमुख प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय, ढल्केवरले टिपरलाई नियन्त्रणमा लिए पनि चालक फरार थिए ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ४ : ४० बजे

साइबर अपराधमा २० हजारभन्दा बढी उजुरी, १५५ जना पक्राउ

काठमाडौं– इमेलमा अश्लील सन्देश पठाई महिलाको चरित्र हत्या गर्ने नुवाकोटका

२२ करोडको बुटवल वधशाला बन्द, घाँसले ढाकिँदै संरचना (तस्बिरहरू)

बुटवल- सरकारले देशभर पशु वधशाला तथा मासु जाँचसम्बन्धी व्यवस्था चरणबद्ध रूपमा

किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा

काठमाडौं– जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरण रिट सर्वोच्चका न्यायाधीश

पहिरो र बाढीले देशका विभिन्न स्थानका सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले

योगेश भट्टराईको टिप्पणी- रास्वपाको शिखरबाट ओरालो यात्रा सुरु भयो

काठमाडौं– नेकपा (एमाले) का नेता योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)