स्वास्थ्यभन्दा ठूलो व्रत होइनः डा. ऋषिकुमार काफ्ले « Khabarhub

स्वास्थ्यभन्दा ठूलो व्रत होइनः डा. ऋषिकुमार काफ्ले


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आजबाट श्री स्वस्थानी व्रत शुरु भएको छ । एक महिना लामो समयसम्म मनाइने यस व्रतमा केही मानिसहरु कठोर व्रत समेत लिन गर्छन् । जनु स्वास्थ्यका लागि खतरा हुन सक्छ । धार्मिक आस्था जे जस्तो राखेपनि पहिले आफ्नो स्वास्थ अवस्थालाई हेरेर मात्र व्रत लिनुपर्ने डा. काफ्ले बताउँछन् ।

स्वस्थ व्यक्तिले व्रत बस्दा खासै असर नगरे पनि केही रोगका बिरामीहरुका लागि भने यो जाडो मौसममा व्रत थप कठोर हुने उनी बताउँछन् ।

यी रोगका बिरामीलाई  व्रतले असर पर्छ

–मिर्गौलाका बिरामी,

–नियमित औषधि खानुपर्ने दिर्घरोगी,

–गर्भवती तथा सुत्केरी महिला

– ग्यास्ट्रिकको समस्या भएका व्यक्ति

मिर्गौलाका बिरामीलाई असर

व्रत बस्ने चलन सांस्कृति र धार्मिक रुपमा उपयुक्त भएपनि यी रोगका बिरामीका लागि भने समस्या झनै बढ्न सक्छ ।

विशेषगरी मिर्गौला रोगका बिरामीले व्रत बस्दा शरीर र स्वास्थ्यका लागि वेफाइदा हुनसक्ने मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले बताउँछन् ।

‘मिर्गौलामा समस्या भएका व्यक्तिलाई नुनको मात्रा कम, पानी ठिक्क र धेरै मासु नखाने भन्छौं, मिर्गौला विग्रिएर डायलाइसिस गरिरहेका बिरामीले पानी पनि कम खानुपर्छ,फलफूल पनि तोकिएको मात्रामा खानुपर्छ, सागजब्जी पनि उसिनेर उमालेर खानुपर्छ,’ डा काफ्लेले भने, ‘ जुनसुकै रोगी तथा बिरामीहरुका लागि व्रत उपयुक्त होइन ।’

उनले ‘आफ्नो स्वास्थ्यभन्दा ठूलो दर र व्रत होइन, त्यसैले मिर्गौलाका रोगीहरुले दर खादा शरीरमा धेरै असर पर्छ,’ डा काफ्लेले भने, ‘हरेक वर्ष चाडपर्वपछि अस्पतालमा बिरामीहरु बढ्छन् त्यो खानपानकै असरले हो त्यसैले व्रत बस्नुअघि आफ्नो स्वास्थ्यबारे सोच्नुपर्छ ।’

गर्भवती र सुत्केरीले ख्याल गरेर व्रत बस्नु

स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतमले व्रतका नाममा निराहार बस्न नहुने बताए । उनले भने, ‘व्रतको नाममा निराहार हुनु चाहि राम्रो हुँदैन, फलफूलहरु खाएर, पानी खाएर बस्दा असर पर्दैन ।’

चिकित्सकका अनुसार नियमित औषधि खानुपर्ने बिरामी, अन्य दीर्घरोगका बिरामीले व्रत बस्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : ४७ बजे

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै

चुनावअघि महाधिवेशन नभए चुनाव नलड्ने गगन थापाको घोषणा

१० पुस, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी

अर्थमन्त्री खनाल र मधेस प्रदेशका मुख्यमन्त्री यादवबीच भेट

जनकपुर – अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद