स्वास्थ्यभन्दा ठूलो व्रत होइनः डा. ऋषिकुमार काफ्ले « Khabarhub

स्वास्थ्यभन्दा ठूलो व्रत होइनः डा. ऋषिकुमार काफ्ले


२५ पुस २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  आजबाट श्री स्वस्थानी व्रत शुरु भएको छ । एक महिना लामो समयसम्म मनाइने यस व्रतमा केही मानिसहरु कठोर व्रत समेत लिन गर्छन् । जनु स्वास्थ्यका लागि खतरा हुन सक्छ । धार्मिक आस्था जे जस्तो राखेपनि पहिले आफ्नो स्वास्थ अवस्थालाई हेरेर मात्र व्रत लिनुपर्ने डा. काफ्ले बताउँछन् ।

स्वस्थ व्यक्तिले व्रत बस्दा खासै असर नगरे पनि केही रोगका बिरामीहरुका लागि भने यो जाडो मौसममा व्रत थप कठोर हुने उनी बताउँछन् ।

यी रोगका बिरामीलाई  व्रतले असर पर्छ

–मिर्गौलाका बिरामी,

–नियमित औषधि खानुपर्ने दिर्घरोगी,

–गर्भवती तथा सुत्केरी महिला

– ग्यास्ट्रिकको समस्या भएका व्यक्ति

मिर्गौलाका बिरामीलाई असर

व्रत बस्ने चलन सांस्कृति र धार्मिक रुपमा उपयुक्त भएपनि यी रोगका बिरामीका लागि भने समस्या झनै बढ्न सक्छ ।

विशेषगरी मिर्गौला रोगका बिरामीले व्रत बस्दा शरीर र स्वास्थ्यका लागि वेफाइदा हुनसक्ने मिर्गौला रोग विशेषज्ञ डा ऋषिकुमार काफ्ले बताउँछन् ।

‘मिर्गौलामा समस्या भएका व्यक्तिलाई नुनको मात्रा कम, पानी ठिक्क र धेरै मासु नखाने भन्छौं, मिर्गौला विग्रिएर डायलाइसिस गरिरहेका बिरामीले पानी पनि कम खानुपर्छ,फलफूल पनि तोकिएको मात्रामा खानुपर्छ, सागजब्जी पनि उसिनेर उमालेर खानुपर्छ,’ डा काफ्लेले भने, ‘ जुनसुकै रोगी तथा बिरामीहरुका लागि व्रत उपयुक्त होइन ।’

उनले ‘आफ्नो स्वास्थ्यभन्दा ठूलो दर र व्रत होइन, त्यसैले मिर्गौलाका रोगीहरुले दर खादा शरीरमा धेरै असर पर्छ,’ डा काफ्लेले भने, ‘हरेक वर्ष चाडपर्वपछि अस्पतालमा बिरामीहरु बढ्छन् त्यो खानपानकै असरले हो त्यसैले व्रत बस्नुअघि आफ्नो स्वास्थ्यबारे सोच्नुपर्छ ।’

गर्भवती र सुत्केरीले ख्याल गरेर व्रत बस्नु

स्त्री तथा प्रसूती रोग विशेषज्ञ डाक्टर जागेश्वर गौतमले व्रतका नाममा निराहार बस्न नहुने बताए । उनले भने, ‘व्रतको नाममा निराहार हुनु चाहि राम्रो हुँदैन, फलफूलहरु खाएर, पानी खाएर बस्दा असर पर्दैन ।’

चिकित्सकका अनुसार नियमित औषधि खानुपर्ने बिरामी, अन्य दीर्घरोगका बिरामीले व्रत बस्दा विशेष ख्याल गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ७ : ४७ बजे

ककरोचको आन्दोलन चर्किएपछि पश्चिम बंगालबाट २ हजार सीआरपीएफ जवान दिल्लीमा उतारियो

काठमाडौं- भारतको राजधानी दिल्लीमा कक्रोच जनता पार्टी (सीजेपी) को आन्दोलन

नसीरुद्दीन शाहको कडा प्रतिक्रिया : म आक्रोशले उम्लिरहेको छु, सबै याद राखिनेछ

काठमाडौं- दिल्लीको जन्तर–मन्तरमा नीट युजी २०२६ प्रश्नपत्र चुहावटको विरोधमा प्रदर्शन

सुदूरपश्चिम प्रदेश : अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटको

कालो पोसाकमा संसद् पुगे भारतका विपक्षी, पेपर लिक र विद्यार्थीमाथिको दमनविरुद्ध प्रदर्शन

काठमाडौं- भारतीय संसद्को मनसुन अधिवेशनका क्रममा बुधबार विपक्षी दलका सांसदहरूले

‘गुट होइन, क्षमता र योगदानका आधारमा कांग्रेस अघि बढ्नुपर्छ’

काठमाडौं– नेपाली कांग्रेसले बुधबार संस्थापक नेता बीपी कोइरालाको स्मृति दिवस