१३ औं सागको स्वर्ण विजेता फुटबल टोलीलाई जनही साढे पाँच लाख पुरस्कार   | Khabarhub Khabarhub

१३ औं सागको स्वर्ण विजेता फुटबल टोलीलाई जनही साढे पाँच लाख पुरस्कार  


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)ले १३औँ दक्षिण एशियाली खेलकूद (साग)मा स्वर्ण पदक विजेता नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही ५ लाख ५० हजार रुपैयाँ पुरस्कार दिने भएको छ ।

एन्फाको आइतबार बसेको कार्यसमिति बैठकले स्वर्ण विजेता फुटबल खेलाडीलाई  जनही  ५ लाख ५० हजार  रुपैयाँ पुरस्कार दिने निर्णय गरेको हो ।

नेपालले फाइनलमा भुटानलाई हराउँदै साग फुटबलमा स्वर्ण जितेको थियो । सरकारले यसअघि स्वर्ण जितेको नेपाली पुरुष फुटबल टोलीका खेलाडीलाई जनही रु पाँच लाख दिने घोषणा गरिसकेको छ ।

साग फुटबलमा रजत पदक प्राप्त गरेको महिला टोलीका खेलाडीलाई जनही रु एक लाख ५० हजार पुरस्कार दिने एन्फाले निर्णय गरेको छ । फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो ।

यस्तै एन्फाले शहीद स्मारक बी डिभिजन लिग खेल्ने प्रत्येक क्लबलाई प्रतियोगिता तयारी स्वरुप रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । बी डिभिजन लिगको विजेतालाई रु १५ लाख, उपविजेतालाई रु आठ लाख, तेस्रो हुने क्लबलाई रु पाँच लाख तथा चौथो हुनेलाई रु तीन लाख पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी सी डिभिजन लिगको तयारीका लागि प्रत्येक क्लबलाई रु सात लाख दिइने एन्फाले जनाएको छ । महिला फुटबल प्रतियोगिताका विजेतालाई रु १५ लाख, उपविजेतालाई रु आठ लाख, तेस्रोलाई रु पाँच लाख तथा चौथो हुनेलाई रु तीन लाख पुरस्कार प्रदान गर्ने एन्फाले निर्णय गरेको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ०२ बजे

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको

बाजुरामा रेबिजविरुद्धको खोप अभाव

बाजुरा– बाजुरामा सरकारले निःशुल्करुपमा उपलब्ध गराउँदै आएको रेबिजविरुद्धको खोप अभाव

बझाङ अपडेट : एमाले–९८८९, कांग्रेस– ९८८०, अन्तर– ९

काठमाडौं– बझाङ प्रदेशसभा १ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

चुलाचुलीमा भत्कियो कांग्रेसको गढ

इलाम- उपनिर्वाचन अन्तर्गत चुलाचुली गाउँपालिकाको मतगणना आइतबार राति नै सकिएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल