रुकुमका बासिन्दा अझै ढिके नुन उपभोग गर्दै | Khabarhub Khabarhub

रुकुमका बासिन्दा अझै ढिके नुन उपभोग गर्दै


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम – रुकुम (पूर्व) का विभिन्न ग्रामीण क्षेत्रमा अझै ढिके नुनको प्रयोग हुने गरेको पाइएको छ ।

आयोडिन युक्त नुनले स्वास्थ्यलाई फाइदा पुग्ने भए पनि रुकुमका ग्रामीण क्षेत्रमा ढिके नुन प्रयोग गर्न छाडिएको छैन ।

सिस्ने गाउँपालिका–१, २, ४, भूमे र पुथाउत्तरगङ्गा गाउँपालिकाका अधिकांश गाउँमा ढिके नुन प्रयोग गर्नेको सङ्ख्या अझै नघटेको बताइएको छ ।

पुथाउत्तरगङ्गा गाउँपालिकामा घोडाबाटै बोराका बोरा ढिके नुन ढुवानी हुने गरेको छ । सस्तो र सजिलो भएकाले आफूहरुले ढिके नुन प्रयोग गर्दै आएको भूमे गाउँपालिका–२ का सुजन घर्ती मगरले बताए ।

बजारमा आयोडिनयुक्त नुन पाइने गर्दछ । ढिके नुनभन्दा महङ्गो पर्ने र स्वादमा पनि फरक हुने भएकाले आयोडिनयुक्त नुनको प्रयोग नगरेको मगरको भनाई छ ।

ढिके नुनको प्रतिकिलो २० रुपैँया र आयोडिनयुक्त नुन ३० पर्ने बताइएको छ । ‘आयोडिनयुक्त नुनको प्रयोग गर्नुपर्छ’ भन्ने चेतनाको अभावले ढिके नुनको प्रयोग गर्न नछाडेका सिस्ने गाउँपालिका–५ का प्रकाश मगरले बताए ।

सरकारले ‘दुई बालबालिकाको चिह्न अङ्कित आयोडिनयुक्त नुनको प्रयोग गरौँ’ भनेपनि यहाँका जनतामा अझै चेतनाको कमी रहेको पाइएको छ ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १० : १८ बजे

तस्बिरमा उपनिर्वाचन

मोरङ – इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ र बझाङ प्रदेशसभा

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

जनकपुरधाम– मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज महोत्तरीकी मठिहानी

इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

काठमाडौं– इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै

उपनिर्वाचनमा मुढाको ब्राण्डिङ !

काठमाडौं – डोरी, बाँसका कप्टेरा र थोत्रे टायर प्रयोग गरेर

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मनहरी– नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले