फ्रेड्सबिरुद्ध एपीएफ ५ – २ ले विजयी « Khabarhub

फ्रेड्सबिरुद्ध एपीएफ ५ – २ ले विजयी


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा एपीएफ क्लबले फ्रेन्ड्स क्लबविरुद्ध ५ – २ को शानदार जित निकालेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा खेलमा एपीएफले फ्रेन्ड्सलाई ५-२ गोल अन्तरले पराजित गरेको हो ।

एपीएफको जीतसँगै फ्रेण्ड्सको शीर्ष ६ मा रहने सम्भावना लगभग टरेको छ । एपीएफको जितमा आशिष लामा र प्रविन स्याङतेनले २/२ गोल गरे भने कप्तान टोप बहादुर बिष्टले एक गोल गरे ।

फ्रेन्ड्सका विश्व अधिकारी र फिलिपे डी सौजाले एक/एक गोल फर्काए । जीतसँगै एपीएफले १२ खेलबाट ८ अंक जोडेको छ ।

एपीएफ पुछारबाट दोस्रो स्थानमा रहेको छ । फ्रेन्ड्स क्लव भने १२ खेलबाट १४ अंक जोडेर लिगको नवौं स्थानमा छ ।

 

 

 

 

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ०५ बजे

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती

निर्वाचनबाट नयाँ नेतृत्व छान्दै कांग्रेस विशेष महाधिवेशन : संस्थापनसँग वार्ताको ढोका खुलै

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशन निर्वाचनमै मोडिएको छ। रातभरका