ललितपुरमा पूर्व सचिवकी श्रीमतिको हत्या प्रयास, कामदारको शव झुन्डिएको अवस्थामा फेला | Khabarhub Khabarhub

ललितपुरमा पूर्व सचिवकी श्रीमतिको हत्या प्रयास, कामदारको शव झुन्डिएको अवस्थामा फेला


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जावलाखेल– नेपाल सरकारका सेवा निवृत्त एकजना सचिवकी श्रीमतीको ललितपुरमा हत्या *प्रयास  भएको छ ।

सेवा निवृत्त सचिव अर्जुन कार्कीको श्रीमतीको हत्या गर्ने उद्देश्यले आक्रमण भएको र अचेत अवस्थामा फेला पारी उपचारका लागि अस्पताल पठाइएको ललितपुर प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर ललितपुरकी प्रहरी उपरीक्षक दूर्गा सिंहले कार्कीकी श्रीमती मुना कार्कीलाई सानेपास्थित आफ्नै निवासमा रगतले लतपतिएको अवस्थामा फेला पारिएको बताइन् ।

यस्तै, घरमा काम गर्ने एकजना कामदारको पनि झुन्डिएको अवस्थामा शव फेला परेको एसपी सिंहले खबरहबलाई जानकारी दिइन् ।

‘पूर्वसचिव कार्की ज्यूकी श्रीमतीको हत्या *प्रयास भएको भन्ने सूचना आएपछि प्रहरीको टोली त्यहाँ पुगेको छ । अहिले घटनाको विषयमा अनुसन्धान चलिरहेको छ,’ एसपी सिंहले खबरहबसँग भनिन्, ‘घरमा काम गर्ने कामदार (विजय चौधरी)को पनि झुन्डिएको अवस्थामा शव फेला परेको छ ।’

घटनास्थलमा पुगेको प्रहरी टोलीलाई पूर्व सचिव कार्कीले आफू बिहान पूजाका लागि पशुपतिनाथ गएको र फर्केर आउँदा दुवै जनालाई विभत्स अवस्था भेटेको बताएका छन् ।

घटनाको विषयमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोलीले संयुक्त रुपमा अनुसन्धान थालेको छ ।


*महानगरीय प्रहरी परिसर ललितपुरले यसअघि घटनाको सम्बन्धमा दिएको जानकारीका कारण समाचारमा उल्लेखित विषयमा केही त्रुटी हुन गएकोमा सच्याइएको छ– सम्पादक

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  १२ : ४३ बजे

संवैधानिक इजलासमा तीन धार, ५२ भाइको संसदीय सुनुवाई हुनुपर्ने सपनाको परमादेश ( पूर्णपाठसहित)

काठमाडौं– विगतको ओली सरकारले अध्यादेशमार्फत ०७७ सालमा नियुक्त गरेका ५२

मध्यरातमा सर्वोच्चको फैसला : संवैधानिक पदाधिकारी नियुक्ति बहुमतद्वारा सदर

काठमाडौं – सर्वोच्च अदालतले विवादमा परेका ५२ जना संवैधानिक पदाधिकारीहरूको

संवैधानिक पदाधिकारी नियुक्ति विवादमा इजलासमै फैसला पढेर सुनाउने तयारी

काठमाडौं – ५२ जना संवैधानिक पदाधिकारीको नियुक्तिविरुद्ध दायर रिटमा सर्वोच्च

मुद्दा मिलाइदिन्छु भन्दै रकम असुली गरेको कसुरमा दुई पक्राउ

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतमा अनुसन्धान भइरहेको मुद्दा मिलाइ

बाराको जगदम्बा स्टिलको भट्टीमा विस्फोट

बारा – बाराको जितपुरसिमरा उपमहानगरपालिका–२ स्थित जगदम्बा स्टिल उद्योगको भट्टीमा