एपिएफद्वारा फ्रेण्ड्स पराजित « Khabarhub

एपिएफद्वारा फ्रेण्ड्स पराजित


२७ माघ २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शहीद स्मारक ए डिभिजन लिग फुटबलमा सशस्त्र प्रहरी बल (एपिएफ) क्लबले फ्रेन्ड्स क्लबमाथि सानदार जीत हात पारेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको पहिलो खेलमा एपिएफले फ्रेन्ड्स क्लबलाई ५–२ गोल अन्तरले पराजित गरेको हो । एपिएफको जीतमा आशिष लामा र प्रवीन स्याङतेनले दुई/दुई गोल गरे भने कप्तान टोपबहादुर विष्टले थप एक गोल गरे । पराजित फ्रेन्ड्स क्लबका लागि विश्व अधिकारी र फिलिपे डी सौजाले एक एक गोल गरे ।

खेलको १२ औँ मिनेटमा आशिषले गोल गर्दै एपिएफलाई शुरुआती अग्रता दिलाए । खेलको ४० औँ मिनेटमा आशिषले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई २–० को अग्रता दिलाए । खेलको ६९ औँ मिनेटमा फिलिपेले गोल गर्दै फ्रेन्ड्सलाई २–१ को स्थितिमा ल्याए । खेलको ७१ औँ मिनेटमा प्रवीनले गोल गर्दै एपिएफलाई ३–१ को अग्रता दिलाए । ७६ औँ मिनेटमा फ्रेन्ड्सका विश्वले गोल गर्दा खेल ३–२ को स्थितिमा पुग्यो ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा एपिएफले लगातार दुई गोल गर्यो । जसमा कप्तान टोपबहादुरले गोल गर्दै एपिएफलाई ४–२ को अग्रता दिलाए भने प्रवीनले व्यक्तिगत दोस्रो गोल गर्दै एपिएफलाई ५–२ को सानदार जीत दिलाए ।

जारी लिगमा यो एपिएफको दोस्रो जीत हो । जीतसँगै एपिएफले १२ खेलमा आठ अङ्क जोडेको छ । एपिएफ १३ औँ स्थानमा छ । पराजित फ्रेन्ड्स १२ खेलमा १४ अङ्क जोडेर लिगको नवौँ स्थानमा रहेको छ । खेलमा एपिएफका आशिष लामा म्यान अफ दि म्याच घोषित भए ।

प्रकाशित मिति : २७ माघ २०७६, सोमबार  ३ : ४८ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट