दुनियाँको भविष्य बताइदिने ज्योतिष आफैं खाडलमा ? « Khabarhub

दुनियाँको भविष्य बताइदिने ज्योतिष आफैं खाडलमा ?


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एउटा गाउँमा एकजना ज्योतिष बस्थे । उनी आफूलाई संसारकै उत्कृष्ट ज्योतिष ठान्थे । उनी तारा हेरेर मानिसको भविष्य बताइदिन सक्ने दाबी गर्थे ।

उनी जहिल्यै तारातिर मात्र हेरिरहन्थे । जब आकाशमा ताराहरू देखिन थाल्थे, तब उनी जहिल्यै हतारिँदै घरबाट बाहिर निस्कन्थे । उनी कहिलेकाहीँ त रातमा गाउँलेलाई चौरमा भेला गराएर उनीहरूको भविष्य फटाफट बताउन थाल्थे ।

कतिपय गाउँले उनको भविष्यवाणीमा विश्वास गर्थे भने कतिपयले चाहिँ पटक्कै विश्वास गर्दैनथे ।

एक साँझ खानपिनपछि ज्योतिष आफू सुत्ने कोठाको झ्यालबाट आकाशतिर हेर्दै थिए । उनी आकाशका तारा देखेर दंग परिरहेका थिए । मनमनै सोच्दै पनि थिए— आहा ! कति सुन्दर तारा ! यी तारा हेरेर म कति सजिलै मानिसको भविष्य बताइदिन सक्छु ।

गम्भीर सोचमा डुबेका ज्योतिषले अचानक आकाशबाट एउटा तारा झरिरहेको देखे । झर्दै गरेको तारा देखेपछि उनी गाउँलेलाई बोलाउँदै घरबाहिर कुदे ।

आकाशबाट झर्दै गरेको तारा हेरेर कुदिरहेका ज्योतिष बाटोमा पर्ने छिमेकीको बारीबाटै चौरतिर लागे । तर, अचानक उनी छिमेकीले चर्पी बनाउन खनेको खाडलमा खसे । खाडल निकै गहिरो थियो । उनी बाहिर आउन सकेनन् । गाउँलेले डोरी खसालेर मुस्किलले तानिदिनुपर्‍यो ।

ज्योतिष खाडलमा खसेको थाहा पाएर त्यहाँ आइपुगेका गाउँलेहरू खासखुस गर्न थाले— दुनियाँको भविष्य बताइदिने धक्कु लगाउने पण्डित बाजेलाई आफ्नै वर्तमान त थाहा रहेनछ, यस्ताले अरूको भविष्य के बताउलान् !

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  १ : ३१ बजे

आज पनि काठमाडौंसहित देशका अधिकांश स्थानमा वर्षा

काठमाडौं – आज पनि काठमाडौँसहित देशका अधिकांश स्थानमा वर्षा भएको

गौरीबहादुर कार्की निवासमा ठूलो सङ्ख्यामा प्रहरी परिचालन

काठमाडौं – भदौ २३ र २४ गते भएका घटनाको छानबिनका

युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीमा आक्रमण भएको छैन : युक्रेन

किएभ – शनिबार तेहरानले अमेरिकी सेनालाई सहयोग गर्न प्रयोग गरिएको

गौरीबहादुर कार्कीलाई सेनाको ब्यारेकमा राख्ने तयारी

काठमाडौं- भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि