पत्रकारको आवरणमा लागू औषध तस्करी ! « Khabarhub

पत्रकारको आवरणमा लागू औषध तस्करी !


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– पत्रकारको आवरणमा लागू औषध (ड्रग्स) तस्करी गर्ने २ जनालाई बारा प्रहरीले पक्राउ गरेको छ ।

मोटरसाइकलमा ‘प्रेस’ लेखेर निर्वाध रुपमा नेपाल–भारत सीमा वारपार गर्ने उनीहरुलाई प्रहरीले ९ सय थान लागू औषधका एम्पुलसहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–१५ घर भएका ३० वर्षीय जितेन्द्रकुमार सिंह र भारतको बिहार घर भएका २२ वर्षीय नासिर आलम छन् ।

प्रहरीका अनुसार वीरगन्ज घर भएका जितेन्द्रले प्रेस लेखिएको ना ६२ प ६२६७ नम्बरको मोटरसाइकलमा ड्रग्स तस्करी गर्ने गरेका थिए ।

पछिल्लो समय उनीहरु २ जना बीचको कुराकानी शंकास्पद लागेपछि प्रहरीले चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा लागू औषध फेला परेपछि दुवै जनालाई बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरणको अगाडिबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट लागू ओषध डाइजेपाम ३ सय एम्पुल, नुफिन ३ सय एम्पुल र फेनारगन ३ सय एम्पुल गरी कूल ९ सय एम्पूल बरामद गरेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  २ : ५१ बजे

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही

मङ्गल ग्रहको माटोबारे नयाँ अध्ययन, विस्तृत नक्सा तयार

सिड्नी- अस्ट्रेलियाका अनुसन्धानकर्ताहरूले मंगल ग्रहको माटोको पहिलो विस्तृत वर्गीकरण प्रणाली

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती

काठमाडौं- प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने