'आमा' का लेखक श्रेष्ठलाई ’नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिने | Khabarhub Khabarhub

‘आमा’ का लेखक श्रेष्ठलाई ’नइ देरूनीख अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गरिने


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नइ प्रकाशनले भारत काशीका दुर्गाप्रसाद श्रेष्ठलाई रु दुई लाखसहित ’नइ देरूनीख अन्तर्रा्ष्ट्रिय पुरस्कार’ समर्पण गर्ने भएको छ ।

नइ प्रकाशनका अध्यक्ष इन्दिरा प्रसाईँको अध्यक्षतामा बसेको नइ प्रकाशनको बैठकले सो निर्णय गरेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले जानकारी दिए ।

सात दशकदेखि नेपाली साहित्यमा समर्पित रही कथा, कविता, उपन्यास, समालोचना, निबन्ध लेखनका साथै अनुवादकका रूपमा समेत प्रतिष्ठित ८२ वर्षीय श्रेष्ठलाई सो पुरस्कार समर्पण गरिने भएको हो । यो पुरस्कार नेपाली गोर्खाली मूलका विदेशी नागरिकलाई प्रदान गरिन्छ ।

विसं १९९३ देखि काशीबहादुर श्रेष्ठको प्रकाशन र सम्पादनमा भारतको बनारसबाट ’उदय’ मासिकको प्रकाशन आरम्भ भएको थियो । सोही पत्रिकामा प्रा.डा.ईश्वर बरालले २००४ सालमा लक्ष्मीप्रसाद देवकोटालाई सर्वप्रथम महाकवि लेखेका थिए । काशीबहादुर श्रेष्ठका जेठा छोरा दुर्गाप्रसादबाट नै चार दशकअघिदेखि उदय पत्रिकाको समेत निरन्तर सम्पादन र प्रकाशन हुँदै आएको छ ।

श्रेष्ठले २०२० सालमा प्रदर्शित प्रथम नेपाली कथानक चलचित्र ’आमा’को पटकथा र सम्वाद लेखेका थिए । हिरासिंह खत्रीद्वारा निर्देशित ‘आमा’को उनी सहायक निर्देशक पनि थिए ।

शताब्दी पुरुष सत्यमोहन जोशीको १०१ औं जन्मोत्सवका अवसरमा आगामी वैशाख २९ गते काठमाडौंमा नौ बालबालिका समेत २६ लाई रु १४ लाख र ताम्रपत्रसहित नइ पुरस्कार समर्पण गरिने भएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : ३३ बजे

छानबिन समिति बनाउन प्रधानमन्त्री सहमत : कांग्रेस

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको

नासाको आर्टेमिस–३ मिसन स् अन्तरिक्ष यात्रीको फिल्ड प्रशिक्षण सुरु

काठमाडौं– अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले ५० वर्षपछि चन्द्रमामा अन्तरिक्ष यात्री

सभामुखले दलका शीर्ष नेताहरुसँग छलफल गर्दै

काठमाडौं– सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल

प्रधानमन्त्री र कांग्रेस नेताहरुबीच छलफल

काठमाडौं– संसदको गतिरोध समाधानका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख

गरिबीमा उध्याएको कलमले मच्चाएको तहल्का

प्रतिभाशाली योग्य र विद्वान हुन ठूलो कुल, वंश र धनी