४ दिनमा ‘बागी ३’ को कमाइ कति ? « Khabarhub

४ दिनमा ‘बागी ३’ को कमाइ कति ?


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – टाइगर श्राफको फिल्म ‘बागी ३’ ले दर्शकबाट मिश्रित प्रतिक्रिया पाएको छ । यद्यपि फिल्मले बक्स अफिसमा भने उत्साहजनक व्यापार गरेको छ ।

श्रद्धा कपूर, रितेश देशमुख लगायतका कलाकारको शीर्ष भूमिका रहेको यो फिल्मको कमाइ आइतवार भने केही कम देखियो ।

भारतीय मिडियाका अनुसार यो फिल्मले पहिलो दिन १७ करोड ५० लाख कमाइ गरेको थियो । यस्तै दोस्रो दिन फिल्मको कमाइ १६ करोड ३ लाख र तेस्रो दिन २० करोड ३० लाख थियो ।

फिल्मले चौथो दिन ८ करोड ५० लाख कमाउँदै चार दिनमा ६२ करोड कमाइ गरेको छ । यो फिल्मले एक सय करोड कमाइ गर्ने फिल्म जानकारहरुले अनुमान गरेका छन् ।

फिल्ममा दुई भाइको कथा छ । फिल्ममा टाइगर र रितेश दुई भाइको भूमिकामा छन् । फिल्ममा टाइगरले देखाएको एक्सनलाई भने दर्शकले रुचाएका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ३ : ४९ बजे

बुलेट र पल्सर लिएर मोटरसाइकल गस्तीमा प्रहरी (तस्बिरहरू)

काठमाडौं– जिल्ला प्रहरी कार्यालय बागलुङले चाडपर्वका बेलामा हुनसक्ने ठगी, चोरी–डकैती

पाकिस्तानलाई १.२ अर्ब डलर सहयोग गर्न आईएमएफ सहमत

एजेन्सी– अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले पाकिस्तानलाई करिब एक अर्ब

एमालेले मङ्सिरमा वडा र पुसमा पालिका अधिवेशन गर्ने

काठमाडाैँ – नेकपा एमालेले स्थानीय तहअन्तर्गतका वडा र पालिका कमिटीका

प्रवास कांग्रेसका डण्डपानी कँडेल केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडाैँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डण्डपानी कँडेल (डीपी) ले

गृहमन्त्री गुरुङ र अमेरिकी कार्यवाहक राजूदत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिन र गृहमन्त्री