पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने | Khabarhub Khabarhub

पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदिक अनुसन्धान समिति नेपाल, काभ्रेपलाञ्चालोक, भुम्लु–६, आँपघाटको आयोजनामा आगामी चैतमा पशुपतिनाथमा ‘महारुद्रयाग’ आयोजना हुने भएको छ ।

चैत १३ देखि २५ गतेसम्म पशुपतिनाथ कैलाशचौरमा आयोजना हुने सो महायागमा वैदिक विधिबाट अग्निमन्थन गरी आगो निकालिने छ । महायागमा बाख्राको दूध, नेपालको मौलिक गहुँको सातु, तिल र गाईको घिउ मिश्रण गरी हवन गरिने छ ।

प्रतिआहुतिमा आँकको समिधा पनि हवन गरिने छ । गौशाला, अजा(बाख्रा)शाला, यजमानशाला, पत्नीशाला र हविर्धान मण्डप (हवनीय पदार्थ भण्डार र शोधन गरिने ठाउँ) कैलाशचौरमै स्थापना हुने समितिका अध्यक्ष रामचन्द्र तिमिल्सिनाले जानकारी दिए ।

महारुद्रयाग सम्पन्न गर्न नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति विदुर पौडेलको अध्यक्षतामा १०८ सदस्यीय आयोजक समिति गठन गरिएको छ । महामारी, उल्कापात एवं विविध दैवीविपत्ति शमन गर्ने उद्देश्यले नेपालमै पहिलो पटक यस्तो अनुष्ठान गर्न लागिएको आयोजक समितिका उपाध्यक्षसमेत रहनुभएका तिमिल्सिनाले जानकारी दिए ।

यजुर्वेदको ‘शतपथ ब्राह्मण’ ग्रन्थमा उल्लेख भएको ‘शतरुद्रियं जुहोति’ र ‘अर्कपर्णेन जुहोति’ शब्दको प्रयोग नै सो महारुद्रयाग हुने जनाइएको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ४ : ०७ बजे

जसपा फुटिसकेपछि अमेरिकाबाट मध्यराति आइपुगे उपप्रधानमन्त्री यादव

काठमाडौं – अध्यक्ष उपेन्द्र यादवले देश छाड्दा सग्लो रहेको जनता समाजवादी

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन