कोरोना संक्रमण नियन्त्रणका विषयमा पर्यटनमन्त्री भट्टराई र चिनियाँ राजदूतबीच छलफल « Khabarhub

कोरोना संक्रमण नियन्त्रणका विषयमा पर्यटनमन्त्री भट्टराई र चिनियाँ राजदूतबीच छलफल


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज भेट गरी कोरोना भाइरसको रोकथामका लागि पूर्वतयारीबारे जिज्ञासा राखेकी छन् ।

भेटमा कोरोना भाइरसको संक्रमणले ल्याएको समस्या, यसको नियन्त्रण, रोकथाम उपय र पूर्व तयारीबारे छलफल भएको पर्यटन मन्त्रीको निजी सचिवालयले जनाएको छ ।

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि चीनको अनुभवबारेमा जानकारी गराउँदै राजदूत यान्छीले कोरोना सङ्क्रमणबाट पीडित ८० हजार ९०० बिरामीमध्ये ५९ हजार चिनियाँ नागरिक उपचारपछि घर फर्किएको जानकारी गराइन् ।

राजदूत यान्छीले नेपालमा कोरोना भाइरसको सङ्क्रमण नफैलिने विश्वास व्यक्त गर्दै यदि नेपालमा समस्या भए नियन्त्रणका लागि चीनको पूरा सहयोग रहने बताइन् । उनले कोरोनाको सम्भावित जोखिमबाट बच्न नेपालले अपनाएको पूर्वसतर्कता र तयारीको प्रशंसासमेत गरिन ।

कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण र रोकथामका लागि अपनाएका सबै खालका प्रविधि, औषधि र सूचना नेपाललाई दिन चीन सरकार तयार रहेको उनले बताइन ।

भेटमा पर्यटनमन्त्री भट्टराईले कोरोना भाइरसको समस्याबाट चीन चाँडै मुक्त हुन लागेकोमा खुशी व्यक्त गर्दै कोरोनाको जोखिम रोकथामका लागि नेपालले सबै तयारी गरिरहेको जानकारी दिए ।

अन्तरराष्ट्रिय विमानस्थलमा चेकचाँज, अस्पतालमा शय्याको व्यवस्थापन, आवश्यक क्वारेन्टाइनको व्यवस्थालगायतका विषयमा सरकारले गरिरहेको तयारीको विषयमा समेत मन्त्री भट्टराईले जानकारी गराएका थिए । भेटमा पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीलगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ६ : ५२ बजे

विश्वकपमा आज पाँच पटकको विजेता ब्राजिल र एसियाली पावरहाउस जापानको भिडन्त

काठमाडौँ – फिफा विश्वकप २०२६ अन्तर्गत आज राति एक बहुप्रतीक्षित

लुम्बिनीमा धान रोपाइँले लियो गति, २०‍.५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न

भैरहवा– लुम्बिनी प्रदेशमा यस वर्ष मनसुन ढिलो सक्रिय भएपछि धान

तोलामा १ हजार ४०० रुपैयाँले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

पर्यटनलाई कृषिसँग जोड्न ‘रोपाइँ महोत्सव’

काठमाडौँ– पर्यटनलाई कृषिसँग जोड्दै मुलुकको अर्थतन्त्रलाई मजबुद बनाउने उद्देश्यले ‘रोपाइँ’

नवनियुक्त धितोपत्र बोर्ड अध्यक्षको शपथ: लोभ र प्रलोभनमा नपरी काम गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त