आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश « Khabarhub

आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – त्रिभुवन आर्मी क्लब १८ औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा जारी प्रतियोगितामा मंगलबार भएको क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन प्रतिद्वन्द्वी संकटा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्दै आर्मीले अन्तिम चारको स्थान सुरक्षित गरेको हो ।

संकटाविरुद्ध आर्मीका सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले समान एक–एक गोल गरे ।

खेलको १४ औं मिनेटमा सुदिलले गोल गर्दै आर्मीलाई १-० को अग्रता दिलाएका थिए भने ७० औं मिनेटमा नवयुगले र ७५ औं मिनेटमा विवेकले गोल गर्दै टीमलाई ३-० गोल अन्तरको जित दिलाए ।

अब आर्मीले सेमिफाइनलमा मनाङ मर्स्याङ्दी क्लबसँग खेल्नेछ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : ०१ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट