कोरोनाको संक्रमणपछि इटालीमा सबै खेलकुदका गतिविधि स्थगित « Khabarhub

कोरोनाको संक्रमणपछि इटालीमा सबै खेलकुदका गतिविधि स्थगित


२७ फाल्गुन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरस अर्थात् कोभिड–१९ ले विश्व व्यापि रुप लिइरहँदा इटालीयन सरकारले सबै खाले खेल गतिविधिलाई रोक्न निर्देशन दिएको छ ।

इटालीका प्रधानमन्त्री ग्युसेप कोन्टेले अप्रिल ३ सम्म सबै खेल गतिविधि स्थगित गरिएको घोषणा गरेका छन् ।

सरकारले घोषणा गरेसँगै विश्व चर्चित लिग फुटबल लिग ‘सिरी ए’ सहित अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने तयारीमा रहेका सबै प्रशिक्षणहरु रोकिएका छन् ।

यदि अप्रिल ३ सम्म कुनै खेल खेलाउनु पर्दा बन्द रंगशालामा खेलाउन पाइनेछ ।

प्रधानमन्त्री कोन्टेले कोरोनाको फैलदो प्रभावलाई हेरेर ईटालीमा सार्वजनीक रुपमा भिडभाड हुने कार्यक्रम तत्कालका लागि बन्द गराएका छन् ।

यसअघि ईटालीको ओलम्पिक कमिटिले समेत सबै प्रकारका खेल गतिविधि स्थगित गर्न माग गरेको थियो ।

अहिलेसम्म इटालीमा कोरोना भाइरसका कारण साढे चार सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् भने झण्डै १० हजारको संख्यामा सक्रमित रहेका छन् ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलबार  ७ : १९ बजे

बाढी पहिरोको क्षतिप्रति रुसी राष्ट्रपति पुटिनद्वारा दुःख व्यक्त

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपालको उत्तरी जिल्लामा पहिरो

हाइड्रोपावरको सुरुङमा फसेका ३५० जनासहित ८८३ जनाको नेपाली सेनाद्वारा उद्धार

काठमाडौँ । ​रसुवा जिल्लाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिजोदेखि अप्पर

चितवनमा भेटिएका शवको पहिचान भोलिदेखि

काठमाडौं । रसुवा बाढीमा बगेर बेपत्तामध्ये चितवनमा मात्र हालसम्म कुल

गोरखामा भेटिएका शवहरु पोखरा पठाइयो

काठमाडौँ । भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको

जलविद्युत आयोजनाका ३३८ कर्मचारी सम्पर्कविहीन, २१२ जना उद्धारको पर्खाइमा

काठमाडौँ – रसुवा–त्रिशूली करिडोरमा आएको भीषण बाढीले कुल ६७५ मेगावाट