अमेरिकापछि कोरोनाभाइरसको प्रभाव स्पेनमा, संक्रमित १ लाख ५३ हजार बढी « Khabarhub

अमेरिकापछि कोरोनाभाइरसको प्रभाव स्पेनमा, संक्रमित १ लाख ५३ हजार बढी


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एकैदिन ६५५ जनाको मृत्य

एजेन्सी– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण स्पेनमा पनि तीव्र देखिएको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४४७ पुगेको छ ।

स्पेनमा एकैदिन ५ हजार २ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार २२२ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ५२ हजार १६५ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ६१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।

यसैबीच, विश्वव्यापी रुपमा कोरोना भाइरसका कारण हालसम्म ९५ हजार ६८५ जनाले ज्यान गुमाएका छन् भने संक्रमितको संख्या १६ लाख २ हजार ९ सय बढी रहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ६ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै