कोरोना भाइरस : २४ घण्टामा ८५ हजार १० नयाँ संक्रमित, ७ हजार २३४ को मृत्यु | Khabarhub Khabarhub

कोरोना भाइरस : २४ घण्टामा ८५ हजार १० नयाँ संक्रमित, ७ हजार २३४ को मृत्यु


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ ।

विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ७ हजार २३४ छ ।

योसँगै कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ३ हजार ४२८ पुगेको छ ।

संक्रमितमध्ये ३ लाख ५६ हजार ४४० जना उपचारपछि घर फर्किएका छन् । अहिले ११ लाख ५१ हजार २७४ जना कोरोना भाइरसको उपचारका लागि अस्पताल तथा आइसोलेसनमा छन् ।

उपचाररतमध्ये ४९ हजार १२५ जनाको अवस्था चिन्ताजनक छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण अहिले चीनमा धेरै नियन्त्रणमा आएको छ । हिजो र अस्ति नयाँ संक्रमण नदेखिएको चीनमा आज दुई जनाको मृत्यु भएको छ । ६३ जना नयाँ संक्रमित फेला परेका छन् । चीनमा अहिले १ हजार १६० जनामात्र अस्पतालमा उपचाररत छन् । ती मध्ये १८६ जनाको अवस्था चिन्ताजनक छ । अरु सामान्य छन् ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा आजमात्रै ३३ हजार ५३६ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ९ सय जनाले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६९१ पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४४७ पुगेको छ ।

स्पेनमा एकैदिन ५ हजार २ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार २२२ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ५२ हजार १६५ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ६१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेको छ ।

एकै दिन ४ हजार ७९९जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७ सयभन्दा बढी पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये २३ हजार २०६ जना उपचारपछि निको भएका छन् । ७ हजार ६६ जनाको अवस्था गम्भीर रहेको छ

भने ८२ हजार ३३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ६ : ४८ बजे

करेन्ट लागेर २५ वर्षीय युवकको मृत्यु

वालिङ– जिल्लाको पुतलीबजार नगरपालिका-९ कोल्मामा शिनबार दिउँसो करेन्ट लागेर एक

हैजा सङ्क्रमण नियन्त्रणका लागि टोली खटाइयो

जनकपुर– पर्साको वीरगञ्जमा देखिएको हैजाको सङ्क्रमण नियन्त्रणका लागि प्रदेश सरकारले

पार्टीलाई बलियो बनाउन सबै एकताबद्ध हुनुपर्छ : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीलाई बलियो

‘रविलाई जेलमा राख्ने होइन, बाहिर निकालेर हिसाबकिताब गर्नुपर्छ’

काठमाडौँ – सुनवलस्थित सर्वोत्तम सिमेन्ट फ्याक्ट्रीमा क्यान्टिन सञ्चालन गर्दै आएका

पाकिस्तानमा विनाशकारी बाढीको कहर

इस्लामावाद- पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तका ब्युनर र स्वात जिल्लामा आएको