कोरोना भाइरस : २४ घण्टामा ८५ हजार १० नयाँ संक्रमित, ७ हजार २३४ को मृत्यु « Khabarhub

कोरोना भाइरस : २४ घण्टामा ८५ हजार १० नयाँ संक्रमित, ७ हजार २३४ को मृत्यु


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वभर महामारीमा रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ९५ हजार ७१४ पुगेको छ ।

विश्वका २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित फेला परेका छन् भने ज्यान गुमाउनेको संख्या ७ हजार २३४ छ ।

योसँगै कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ३ हजार ४२८ पुगेको छ ।

संक्रमितमध्ये ३ लाख ५६ हजार ४४० जना उपचारपछि घर फर्किएका छन् । अहिले ११ लाख ५१ हजार २७४ जना कोरोना भाइरसको उपचारका लागि अस्पताल तथा आइसोलेसनमा छन् ।

उपचाररतमध्ये ४९ हजार १२५ जनाको अवस्था चिन्ताजनक छ ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण अहिले चीनमा धेरै नियन्त्रणमा आएको छ । हिजो र अस्ति नयाँ संक्रमण नदेखिएको चीनमा आज दुई जनाको मृत्यु भएको छ । ६३ जना नयाँ संक्रमित फेला परेका छन् । चीनमा अहिले १ हजार १६० जनामात्र अस्पतालमा उपचाररत छन् । ती मध्ये १८६ जनाको अवस्था चिन्ताजनक छ । अरु सामान्य छन् ।

कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा आजमात्रै ३३ हजार ५३६ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ६८ हजार ५६६ पुगेको छ । बितेको २४ घण्टामा १ हजार ९ सय जनाले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६९१ पुगेको छ ।

स्पेनमा पछिल्लो २४ घण्टामा ६५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४४७ पुगेको छ ।

स्पेनमा एकैदिन ५ हजार २ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार २२२ पुगेको छ ।

स्पेनमा संक्रमितमध्ये ५२ हजार १६५ जना उपचारपछि निको भएका छन् । ७ हजार ३७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ६१० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेको छ ।

एकै दिन ४ हजार ७९९जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७ सयभन्दा बढी पुगेको छ ।

फ्रान्समा संक्रमितमध्ये २३ हजार २०६ जना उपचारपछि निको भएका छन् । ७ हजार ६६ जनाको अवस्था गम्भीर रहेको छ

भने ८२ हजार ३३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ६ : ४८ बजे

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित