चीनमा लकडाउन हटेसँगै बन्यजन्तुको मासुमा लगाइएको प्रतिबन्ध कार्यान्वयन हुनेमा आशंका | Khabarhub Khabarhub

चीनमा लकडाउन हटेसँगै बन्यजन्तुको मासुमा लगाइएको प्रतिबन्ध कार्यान्वयन हुनेमा आशंका


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बन्यजन्तुको मासुबाट कोरोना भाइरसको संक्रमण फैलिएको ठानिएपछि चीनमा गत फेब्रुअरीदेखि बन्यजन्तुको मासुमा प्रतिबन्ध लगाइए पनि कार्यान्वयन हुनेमा विज्ञहरुले आशंका व्यक्त गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएपछि ७६औँ दिनमा लकडाउनमुक्त भएको चीनको वुहान पूर्ववत अवस्थामै फर्किरहँदा प्रतिबन्धका बाबजुद लुकिछिपी पुनः बन्यजन्तुको मासुको ब्यापार हुन सक्ने आशंकाहरु सुरु भएका हुन् ।

चीनले अझै पनि ‍औषधि, कपडा र गहनाका लागि प्रयोग हुने वन्यजन्तुका सामग्रीको व्यापारमाथि रोक नलगाएकाले प्रतिबन्ध कार्यान्वयन हुनेमा विज्ञहरुले आशंका जनाएको बीबीसीले जनाएको छ ।

१७ बर्षअघि सन् २००३ मा सार्सको प्रकोपपछि पनि वन्यजन्तुको व्यापारमाथि प्रतिबन्ध लगाइएको चीनमा त्यो पनि कार्यान्वयन हुन नसकेको दृष्टान्त दिदै विज्ञहरुले यसपटक पनि त्यस्तै अवस्था नरहला भनेर ढुक्क हुने अवस्था नरहेको बताएका छन् ।

अक्स्फर्ड विश्वविद्यालयकी वन्यजन्तुसम्बन्धी अनुसन्धानकर्ता तथा कोरोनाभाइरसको प्रकोपपछि चिनियाँ सरकारको वन्यजन्तुसम्बन्धी नीतिको अध्ययन गरेकी युहान लीका अनुसार कोभिड-१९ देखा परेयता चीनले वन्यजन्तुसम्बन्धी भएका ६०० वटा अपराधको अध्ययन गरिसकेकाले कानून कार्यान्वयन हुनेमा आशावादी हुन सकिन्छ ।

संरक्षणवादी संस्थाहरूले भने परम्परागत औषधिको नाममा भुत्ला र गहनालगायत अन्य विषयका नाममा वन्यजन्तुको मासुको गैह्रकानूनी व्यापारलाई प्रोत्साहित गर्ने बताएका छन्।

तर यो प्रावधानकै कारण बन्यजन्तुको मासुमा लगाइएको प्रतिबन्ध कार्यान्वयन नहुने आशंका ब्याप्त भएपछि यसबारे अध्ययन सुरु भएको चाइना कन्जर्भेशन एन्ड ग्रीन डेभेलपमेन्ट फाउन्डेशनले जनाएको छ ।

औषधिको रुपमा बन्यजन्तुको प्रयोगलाई प्रोत्साहन गरिने नीति लिइएपछि बन्यजन्तुको मासुमा त्यसको प्रयोग नहुने गरी नयाँ कानूनी व्यवस्थाका बारेमा समेत चीनमा छलफल सुरु भएका छन् ।

बन्यजन्तुको संरक्षणसम्बन्धी अन्तर्राष्ट्रिय अग्रणी समूह द इन्टर्न्याश्नल यूनियन फर कन्जर्भेशन अफ नेचरले समेत त्यस्तो मागमा सहमति जनाएको छ ।

नेचरका एसिया क्षेत्रीय निर्देशक अबान मार्कर कब्राजीकाले संशोधित वा नयाँ कानूनले भूमिगत रूपमा हुने वन्यजन्तुको गैरकानूनी व्यापार रोक्नका लागि कार्यान्वयनसम्बन्धी बलिया रणनीतिहरू ल्याउनु पर्ने बताएका छन् ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : २२ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने