कोरोना कहर: भाइरल बन्यो ४९ सेकेण्डको यो भिडियो « Khabarhub

कोरोना कहर: भाइरल बन्यो ४९ सेकेण्डको यो भिडियो


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणले विश्व नै अस्तव्यस्त छ । कोरोनाको जोखिम रोक्नका लागि अधिकांश मुलुकले ‘लकडाउन’ लागू गरेका छन् ।

लकडाउन लागू भएसँगै घरभित्र बसेकाहरुलाई समय कटाउन नै हम्मेहम्मे परेको छ । घरभित्रै बसेकाहरु कोही ‘इनडोर गेम’मा व्यस्त बनेको पाइएको छ भने कोही टिकटकमा भुलेका छन् ।

मिल्नेसम्म खुल्ला भएमा कोही बाहिर आगनमा आएर समेत फुटबल, बास्केटबल, ब्याटमिन्टन खेलेर समय बिताउने गरेका छन् । यो बेला यस्तै खेलहरु खेलेर शारीरिक तन्दुरुस्ती राख्नु जरुरी पनि छ ।

हाल सामाजिक सञ्जालमा एक जनाले बास्केटबल खेलेको भिडियो निकै भाइरल बनेको छ । यो भिडियो जम्मा ४९ सेकेण्डको छ ।

यो भिडियो रेक्स च्याम्पियनले आफ्नो ट्वीटर अकाउण्टमा शेयर गरेका हुन् । उनले क्याप्सनमा भिडियो शेयर गर्दै लेखेका छन्, ‘२०२०, ४९ सेकेण्डमा ।’ यसको अर्थ कोरोनाको असरले पारेको प्रभाव भन्ने सहजै बुझिन्छ ।

भिडियोमा रेक्सले बाँस्केटबल खेल्दै  बास्केटबलको पोलमाथि बल अड्किन्छ ।  त्यसपछि उनी चप्पलले बललाई झार्न खोज्छन्, फेरि चप्पल पनि त्यहाँ अड्किन्छ । त्यसपछि बल र चप्पल झार्न उनी अर्काे चप्पलको प्रयोग गर्दछन् ।

फेरि चप्पल झर्छ बास्केटबल झर्दैन । दुई तीन पटकको प्रयास पछि बास्केटबल भुइमा झर्छ तर एउटा चप्पल त्यहाँ अड्किन्छ । अड्किएको चप्पल झार्न अर्को चप्पलले हान्दा अन्ततः दुबै चप्पल अड्किन्छन् । भिडियो सकिन्छ ।

यस्तो छ भिडियो

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ४४ बजे

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ क्षेत्रमा सिँचाइ

काठमाडौँ– राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूले नयाँ क्षेत्रमा सिँचाइ सुविधा पुर्याउन

सरकारी भवन निर्माणका क्रममा पहिरो खस्दा स्थानीयका घर जोखिममा (तस्बिर)

कालिकोट– कालिकोटको खाँडाचक्र नगरपालिकाको प्रशासकीय भवन निर्माणका क्रममा खसेको पहिरोले

धान फल्ने खेतमा फूलखेती

झापा– धानका बाला झुल्ने खेतमा अहिले सयपत्रीका फूल ढकमक्क फुलेको