माग्ने बूढाको जन्मदिन: सेलिब्रेटीले दिए शुभकामना « Khabarhub

माग्ने बूढाको जन्मदिन: सेलिब्रेटीले दिए शुभकामना


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज माग्ने बूढाका नामले चिनिएका हास्य कलाकार केदार घिमिरेको जन्मदिन हो । लकडाउनका कारण उनी घरमा नै सीमित छन् । वि.सं. २०५८ सालदेखि कलाकारिता थालेका माग्ने बूढाले पहिले रत्नपार्कको फुटपाथमा सामान बेच्ने गर्थे । उनले मेरी बास्सै, जिरे खुर्सानी लगायतका टेलिश्रृङ्खलामा काम गरे पनि ‘मेरी बास्सै’ को माग्ने बूढा चरित्रले चिनायो ।

पछिल्लो समय फिल्ममा सक्रिय माग्ने बूढाले दीपकराज गिरीको समूहसँग फिल्म गर्दै आएका छन् ।

दीपकराज गिरीले फेसबूकमा स्टाटस लेख्दै केदारलाई जन्मदिनको शुभकामना दिएका छन् । उनले जन्मदिनको शुभकामना दिँदै लेखेका छन् – ‘छोरो भविष्यमा डाक्टर होला, इन्जिनियर होला भनेको त ठूलो भएर माग्ने पो भयो, हल्का रमाइलो भन्दै कडा रमाइलो गर्न थाल्यो ।’

गिरीले केदारको तारिफ गर्दै लेख्छन्, ‘अर्काको उन्नति र प्रगतिमा कहिले रिस नगरी सधै एकजुट भएर सहकार्य गर्दै जाने दुलर्भ स्वभाव भएका प्यारो माग्ने बूढा, मेरा दाहिने हात केदार घिमिरेलाई जन्मदिनको शुभकामना ।’

यस्तै निर्देशक दीपाश्री निरौलाले पनि शुभकामना दिएकी छिन् । उनले भनेकी छिन् – बिहे नगरेकाहरुले पनि बूढा भनेर बोलाउनुपर्ने माग्ने बूढा, हल्का रमाइलो, माग्नु जन्मदिनको शुभकामना है ।

केदारलाई निर्देशक अशोक शर्मा, कलाकार भुवन केसी, संगीतकार आलोक श्री लगायतले समेत जन्मदिनको शुभकामना दिएका छन् ।

यस्तै कलाकार दीपक आचार्यले लेखेका छन् –फेसबुक खोलेको माग्ने बूढो बाहेक केही देखिन्न त, आज माग्ने दिवस हो कि क्या हो ? जन्मदिनको शुभकामना केदार जी ।

केदारलाई फ्यानले पनि शुभकामना दिएका छन् । यस्तै विल्सन विक्रम राई, निर्देशक प्रदीप भट्टराई, जीतु नेपाल, निर्देशक आकाश अधिकारी लगायतका दजर्नौं सेलिब्रेटीले शुभकामना व्यक्त गरेका छन् ।

‘मेरी बास्सै’ मा सँगै काम गरेका सीताराम कट्टेल ‘धुर्मुस’ ले लेखेका छन् – ‘संघर्षशील, उर्जाशील आत्मीय मित्र केदार प्रसाद घिमिरेलाई जन्मदिनको धेरै धेरै शुभकामना ।’

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १२ : ४४ बजे

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२

भारतको सहयोगमा पुनर्निर्मित पाटनका दुई ऐतिहासिक महाविहार उद्घाटन

काठमाडौं– भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहयोगमा पुनर्स्थापना गरिएको ललितपुरको पाटनस्थित

सुनसरीमा लम्बियो कर्फ्यु

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न स्थानीय तहमा

सुनसरीको देवानगञ्ज बजारमा झडप, दुवै पक्ष घरेलु हतियारसहित उत्रिए

काठमाडौँ । सुनसरीको देवानगन्जमा मंगलबार राति (केहीबेरअघि) झडप भएको छ