रातो मच्छिन्द्रनाथको रथजात्रा पनि स्थगित | Khabarhub Khabarhub

रातो मच्छिन्द्रनाथको रथजात्रा पनि स्थगित


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्रा स्थगित भएको छ । आजदेखि सुरु हुने रथ निर्माणको काम स्थगित गरिएको गुठी संस्थान र ज्यापु समाज यलले जानकारी दिएको छ ।

बिहीबार विधिपूर्वक मच्छिन्द्रनाथलाई स्नान गराएर आजदेखि रथ निर्माणको काम गर्नुपर्ने थियो । तर कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण सिर्जना भएको विषम परिस्थितिका कारण रथको जग राख्ने र निर्माण कार्य स्थगित भएको हो ।

स्थगित भएको सो रथ निर्माणको काम लकडाउन सकिएलगत्तै क्षमा पूजा गरेर सुरु गरिने निर्णय भएको गुठी संस्थान र ज्यापु समाजले विज्ञप्ति मार्फत् जानकारी दिएको छ ।

हामोकी अर्थात् रथको जग हाल्ने अघिल्लो दिन बिहीबारसम्म रथयात्रा गराउने वा नगराउने विषयमा अन्योल नै थियो । लिच्छवीकालदेखि निरन्तर चल्दै आएको रातो मच्छिन्द्रनाथ रथयात्रा नेपालकै सबैभन्दा लामो जात्रा मानिन्छ

। बैशाख कृष्ण पक्षको प्रतिपदादेखि सुरु हुने जात्रामा वैशाख शुक्ल पक्षको प्रतिपदाको दिनदेखि रथयात्रा सुरु गर्ने चलन छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १२ : ०६ बजे

इजरायल–हमास युद्धविरामको संकेत

काठमाडौं– ६ महिनाको युद्धपछि इजरायल र हमासबीच दोस्रो युद्धविराम हुनसक्ने

स्वास्थ्य सेवा प्रणाली सुधारमा नेपाल सफल छ : स्वास्थ्यमन्त्री

वासिङ्टन– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले संवैधानिक र

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार