स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत « Khabarhub

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत


३० आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत गरिएको छ।

गोसाइँकुण्ड गाउँपालिका-४ लाङटाङका स्थानीय बासिन्दाहरूको सक्रियतामा पदमार्गको पहिरोभन्दा माथि र रिमिचेभन्दा तल पहिरो गएका स्थानहरूमा श्रमदान गरी मार्ग सुधार गरिएको हो ।

गोसाइँकुण्ड-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार स्थानीयवासीको प्रत्यक्ष सहभागितामा पहिरोले बढी क्षति पुर्‍याएका मुख्य-मुख्य ठाउँहरूमा मर्मत कार्य सम्पन्न गरिएको छ। 

गत भदौ १० गते आएको भीषण बाढीले लाङटाङ प्रवेश गर्ने मुख्य द्वारका रूपमा रहेको स्याफ्रु बजारमा पूर्ण क्षति पुर्‍याउनुका साथै स्याफ्रु जोड्ने सडक पुलसमेत बगाएको थियो ।

मुख्य द्वार र पुल बगाएर आवतजावत ठप्प भएपछि हाल पर्यटक तथा स्थानीय बासिन्दाका लागि वैकल्पिक पदमार्ग सञ्चालनमा ल्याइएको वडाध्यक्ष तामाङले जानकारी दिए । पदमार्ग मर्मत भएसँगै उक्त क्षेत्रमा आवतजावत सुरक्षित बनेको गाउँपालिकाले जनाएको छ ।

नयाँ तय गरिएको वैकल्पिक मार्गअनुसार अब सदरमुकाम धुन्चेबाट ठूलो भार्खु, सानो भार्खु, ब्राबल, ठूलो स्याफ्रु, पहिरो, बम्बो, रिमिचे र लामा होटल हुँदै दुई दिनको पैदल यात्रामा लाङटाङ पुग्न सकिन्छ ।

पदमार्ग खुला भएसँगै पर्यटन क्षेत्रमा पुनः उत्साह थपिएको छ ।   

प्रकाशित मिति : ३० आश्विन २०८३, शुक्रबार  ८ : ५७ बजे

नवरात्रको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ सम्पन्न गरिँदै

महोत्तरी– आज शारदीय नवरात्रको छैटौँ दिन । मधेसको महोत्तरीसहित प्राचीन

भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

चितवन– चितवन सहित पाँच जिल्लाको भूमिगत सिँचाइमा काम गरिरहेको भूमिगत

सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छ : कृषिमन्त्री चौधरी

काठमाडौँ – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सरकारले नेपालको

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत