लकडाउनमा मेला सञ्चालन गरेको भन्दै ३ जना वडा अध्यक्षलाई एक महिना कैद | Khabarhub Khabarhub

लकडाउनमा मेला सञ्चालन गरेको भन्दै ३ जना वडा अध्यक्षलाई एक महिना कैद


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ-लकडाउनको समयमा मेला सञ्चालन गर्ने वडा अध्यक्षसहित ९ जनालाई जिल्ला प्रशासन कार्यालयले बझाङले सजाय सुनाएको छ ।

लकडाउनको समयमा मेला सञ्चालन गरेको भन्दै प्रशासनले छविसपाथिभेरा गाउँपालिका २ का वडा अध्यक्ष विकास ऐडी, ३ का अध्यक्ष केशबराज जोशी, ४ का अध्यक्ष अम्मरराज थापालाई एक महिना कैद र एक सय जरिवानाको सजाय सुनाएको हो । 

मुलुकी संहिताको एक बर्षभन्दा कम कैद सजाय सुनाएका ब्यक्तिले प्रतिदिन तीन सय रुपैयाँ जरिवाना तिरेमा कैद भुक्तान नगर्नुपर्ने व्यवस्थाअनुसार उनीहरुसँग जनही ९ हजार एक सय जरिवाना तिराएर छाडिएको प्रमुख जिल्ला अधिकार उमेश पाण्डेले जानकारी दिए ।

यस्तै गाउँपालिकाका प्रवक्तासमेत रहेका वडा नम्बर ५ का अध्यक्ष लोकेन्द्रबहादुर ठगुन्ना र मन्दिर संरक्षण समितिका सचिव राजेन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा संग्लग्नता कम देखिएको भन्दै ७ दिन बराबरको कैद र एक सय जरिवाना गराइएको थियो । 

उनीहरुले २ हजार २ सय जरिवाना तिरेर छुटेका छन् । उनीहरुसंगै पक्राउ परेका बान्नि मष्टा मन्दिरका पुजारी नृपप्रसाद जोशी र उनका दुईजना सहयोगी फुलपाते पण्डित डम्बरबहादुर धामी, पुजारी जयकृष्ण जोशी र स्थानीय रजबार ईन्द्रबहादुर सिंहको भने मेला सञ्चालनमा भूमिका नदेखिएको भन्दै एक सय जरिवाना गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले जानकारी दिए ।

 लकडाउनको समयमा चैत २४ गते हजारौंको सहभागितामा बझाङमा बान्नीकी चैतली मेला सञ्चालन गरिएको थियो । सरकारको निर्णयविरुद्ध मेला सञ्चालन गरेको आरोपमा जनप्रतिनिधि, पुजारी र मन्दिर संरक्षण समितिका पदाधिकारी गरी ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १२ : १९ बजे

‘नेपाल यसकारण लगानी अवसरको केन्द्र हो’

धेरैले लगानी सम्भावनाबारे सम्मेलनको उद्घाटन समारोहमा बोल्नुभयो । म त्यसलाई

फ्रेन्च लिग वान : तीन खेल अगावै पीएसजीलाई उपाधि

काठमाडौं– फ्रेन्च लिग वानको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले

इलाम अपडेटः एमाले- ८८९८, कांग्रेस- ६२८०, मतान्तर २६१८ (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारमा उच्च गतिको विद्युत प्रवाह हुँदा

इलाममा निरन्तर एमालेको अग्रता : कांग्रेस २२ सय ५७ मतले पछाडि

इलाम – इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम