कोरोना भाइरसको त्रास- हातखुट्टा नधोई छोराछोरीले भित्र पस्‍न दिँदैनन् ! « Khabarhub

कोरोना भाइरसको त्रास- हातखुट्टा नधोई छोराछोरीले भित्र पस्‍न दिँदैनन् !


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– ‘केही हुन्न, आफ्नै हात त हो नि, नधोए के हुन्छ ? केही चलाएको छैन’ भनेर पन्छिनेहरु आजभोलि कतैबाट आउनेबित्तिकै वा र खाना खानुअघि साबुन पानी खोज्न बिर्सँदैनन् ।

आजभोलि हातखुट्टा नधोई खाना खाने र घरभित्र जाने व्यवहार पूर्ण रूपमा बन्द भएको छ।

कोरोना भाइरसको त्रासका कारणे सबै ठाउँमा सरसफाइ पहिलो प्राथमिकता हुँदै आएको छ। खानेकुरा पाउनासाथ हात नधोई हात्तपत्त खानेहरुलाई घरका अन्य सदस्यले हात नधोइ खाएमा छुन र नजिक आएर कुरा गर्न समेत नदिएपछि हात धुनुपर्ने नैतिक दबाब पर्न थालेको छ।

अहिले जाजरकोट, डोल्पा र रुकुम पश्चिमका सबै ठाउँमा सरसफाइप्रति जागरण नै पैदा भएको छ ।

गाउँगाउँमा प्रहरी र स्थानीय सरकारको कोरोनाविरोधी गतिविधि व्यापकरूपमा प्रस्तुत भएको देखिन्छ। सबै उमेर समूहका सर्वसाधारण कोरोनाबाट जोगिन रेडियो, टेलिभिजन र अनलाइनमा आएका सन्देश र समाचारहरु प्राथमिकतामा दिन थालेका छन्।

जाजरकोटका गाउँगाउँमा पानीको अभाव देखाएर हातखुट्टा साबुनपानीले सफा गर्न हिच्किचाउनेहरु आजभोलि सफा भएर मात्र घरभित्र आउने बानीमा रुपान्तरित भएका छन्।

जाजरकोटको नलगाड नगरपालिका–९ का तुले कामीले भने, ‘हातखुट्टा नधोई घरभित्र आए साना छोराछोरीले कोरोना लाग्छ भनेर रोइकराइ गरेर नजिकसमेत आउँदैनन्, त्यसैले पनि सरससफाइ अनिवार्यजस्तै भएको छ।’

नलगाड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले सरसफाइप्रति ध्यान तान्न सबै ठाउँमा साबुन र मास्क वितरणको काम सम्पन्न भइसकेको जानकारी दिए।

डोल्पाको ठुलीभेरी नगरपालिकाका सूचना अधिकारी दिलु केसीले कोरोना भाइरसबाट जोगिन र जोगाउन गाउँगाउँमा नगरपालिका र प्रहरीको सक्रियामा जनचेतना फैलाएसँगै अधिकांश स्थानीयवासी हात हुने अनुशासनमा बाँधिएको बताए।

स्थानीय सरकारका आक्रामक गतिविधि

जाजरकोट, रुकुमपश्चिम र डोल्पाका स्थानीय तहको कोरोनाबाट जोगिन आक्रामक कार्यक्रम गर्दै आएका छन्। जनचेतना जगाउने सबैभन्दा पहिलो तहमा प्रहरी, जनप्रतिनिधि र स्वास्थ्य शाखाका कर्मचारी रहेका छन्।

स्थानीय सरकारले घरघरमा गएर मास्क वितरणदेखि साबुन उपलब्ध गराउँदै व्यवहार परिवर्तन गरी लकडाउनलाई सघाउन आग्रह गरिरहेका छन्।

प्रत्येक घर बाहिर ड्रममा पानी राखेर हात धुनु सर्वसाधारणको पहिलो काम हुँदै आएको छ। सबै स्थानीय तहले वडास्तरमा विपत प्रतिकार्य समूह गठन गरेका कारण निगरानी बढाउन सजिलो भएको भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिए।

सामाजिक चेतनाका कामा गर्दै आएका गैह्रसरकारी संस्थाका गतिविधि भने अहिले सुस्ताएका छन्।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १२ : ५७ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत