कोरोना संक्रमितका लागि ९ सय आइसीयु र ५ सय भेन्टिलेटर तयार « Khabarhub

कोरोना संक्रमितका लागि ९ सय आइसीयु र ५ सय भेन्टिलेटर तयार


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा हालम्म ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकजना निको भइसके, ८ जनाको उपचार भइरहेको छ र सबैको अवस्था सामान्य छ ।

कैलालीमा एक ३४ वर्षीया स्थानीय महिलामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य मन्त्रालयले नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको जनाएको छ ।

जस्वास्थ्य विज्ञहरूले संक्रमण फैलन नदिन दोस्रो चरणमै नियन्त्रणमा राख्नुपर्ने बताएका छन् । चैतमा विदेशबाट फर्किएकाहरू क्वारेन्टाइनमा राखिएका छन् ।

कोरोना संक्रमण फैलन नदिन देशभर ३६ हजार ४७१ वटा क्वारेन्टाइन बेड व्यवस्थापन गरिएको सरकारको भनाइ छ । हाल देशभर ८ हजार ५८० जना क्वारेन्टाइनमा छन् । संक्रमितको उपचारका लागि ३ हजार २०१ वटा आइसोलेसन बेड व्यवस्था गरिएको छ ।

हाल आइसोलेसनमा ८ जना कोरोना संक्रमित छन् । कोरोना आशंका गरिएका १२० देखि ५० जना दैनिक आइसोलेसनमा रहने गरेको स्वास्थ्य मन्त्रालयले दैनिक प्रेस ब्रिफिङमा बताउने गरेको छ ।

आइसोलेसनमा रहेकाहरूमा संक्रमण पुष्टि भएर केहीलाई उपचारका लागि सघन उपचार कक्ष (आइसीयु) मा राख्नुपर्‍यो, भेन्टिलेटर चाहियो भने कस्तो तयारी छ त ?

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर अधिकारीका अनुसार केन्द्र र प्रदेश सरकार मातहतमा रहेका अस्पतालहरूमा आइसीयु र भेन्टिलेटर व्यवस्थापनको काम भइरहेको छ ।

उनले भने, ‘केन्द्र र प्रदेशहरूमा कोरोना संक्रमितलाई नै लक्षित गरेर आवश्यक पर्दा प्रयोग गर्न सकिने गरी आइसीयु र भेन्टिलेटर व्यवस्थापनको काम भइरहेको छ ।’

सहप्रवक्ता डा. अधिकारीका अनुसार कोरोना संक्रमतिका लागि देशभर ९०४ वटा आइसीयु बेड र ५०२ वटा भेन्टिलेटर तयारी अवस्थामा छन् । उनका अनुसार काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरूमा २९८ वटा आइसीयु बेड छन्, तीमध्ये २३३ वटा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका छन् ।

डा. अधिकारीका अनुसार कोरोना संक्रमितका लागि काठमाडौं उपत्यकामा २५७ वटा भेन्टिलेटर तयार छन् । यस्तै, प्रदेशमा रहेका अस्पतालहरूमा ६७१ वटा आइसीयु बेड र २४५ वटा भेन्टिलेटर छन् ।

उनका अनुसार काठमाडौं उपत्यका र प्रदेशहरूमा कोरोना संक्रमितको उपचारका लागि छुट्याइएका हब र स्याटेलाइट अस्पतालहरूमा कोरोनाकै आइसीयु र भेन्टिलेटर व्यवस्थापन गरिएको हो ।

कोरोना संक्रमितको उपचारका लागि व्यवस्थापन गरिएका आइसीयु र भेन्टिलेटरमा परिचालन हुने जनशक्ति पनि तयार रहेको डा. अधिकारीले बताए ।

‘जनशक्ति सरकारी सिस्टममा भएकाबाट पूरा हुन्छ । सेना, प्रहरी आर्मी र निजी क्षेत्रबाट पनि जनशक्ति परिचालन गर्ने भनिएको छ,’ सहप्रवक्ता डा. अधिकारले भने, ‘यो पनि बिरामीको संख्यामा भर पर्छ । संक्रमणको अवस्था भोलिका दिनमा कस्तो हुन्छ भन्न सकिँदैन ।’

यसकारण चाहिन्छ आइसीयु र भेन्टिलेटर

कोरोना भाइरसको संक्रमित बिरामीमा ज्वरो आउनु, खोकी लाग्नु र श्वासप्रश्वासमा सामस्या हुनु प्रमुख लक्षण हुन् । जटिल अवस्थामा पुगेका बिरामीको श्वासप्रश्वासमा समस्या आउने भएकाले आइसीयु र भेन्टिलेटरमा राख्नुपर्ने हुन्छ ।

कोरोना भाइरसले फोक्सोमा संक्रमण फैलाउने भएकाले बिरामीले राम्रोसँग श्वासप्रश्वास गर्न सक्दैन । त्यस्तो अवस्थामा कृत्रिम श्वासप्रश्वास गराउन भेन्टिलेटर आवश्यक पर्छ । यस्ता बिरामीलाई नियमित हेरचाह र विशेष निगरानीका लागि आइसीयु आवश्यक पर्छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : ३२ बजे

इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडौं – विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि