महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई ५० लाख, किसानको ब्याज सरकारले तिर्ने « Khabarhub

महामारीविरुद्ध खटिँदा मृत्यु भए परिवारलाई ५० लाख, किसानको ब्याज सरकारले तिर्ने


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश नं २ को सरकारले कोरोना महामारीविरुद्ध रोकथाम, नियन्त्रण तथा उपचारमा खटिँदा मृत्यु भए पीडित परिवारलाई प्रदेश सरकारले रु ५० लाख राहत दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज सम्पन्न बैठकले कोरोना महामारीको नियन्त्रण, रोकथाम तथा उपचार कार्यमा संलग्न हुने निजामती, अन्य सरकारी कर्मचारी, गैरसरकारी वा निजी क्षेत्रका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक र सहयोगी स्वास्थ्यकर्मीको कोरोनाको सङ्क्रमणका कारण मृत्यु भए पीडित परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी गराए ।

त्यसैगरी, सो बैठकले लकडाउनले गर्दा किसान पीडित भएकोमा प्रदेश सरकारले किसानले बैङ्क तथा वित्तीय संस्था वा सहकारीबाट लिएको ऋणको ४ महिनाको व्याज प्रदेश सरकारले तिरिदिने निर्णय गरेको छ ।

बैठकले कृषि फर्मका लागि किसानले रु पाँच लाखसम्म लिएको ऋणमा अधिकतम १२ प्रतिशत सम्मको ४ महिनाको व्याज प्रदेश सरकारले तिर्ने निर्णय गरेको छ ।

रु पाँच लाखदेखि रु १५ लाख सम्मको ऋणमा १२ प्रतिशत सम्मको व्याजदरमा ५० प्रतिशत, रु १५ लाखदेखि रु ३० लाखसम्म ऋणमा ४० प्रतिशत र रु ३० लाखभन्दा बढीको ऋणमा कृषि सहकारी तथा भूमि व्यवस्था मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरे बमोजिम व्याज तिरीदिने निर्णय गरेको सरकारका प्रवक्ता यादवले बताउनुभयो । यसका अतिरिक्त दूध, फलफूल, तरकारी, कुखुरा र माछामा यस निर्णय अतिरिक्त राहत उपलब्ध गराउने निर्णय भएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : ३० बजे

पूर्वाधारसँगै कृषि र पशुपालन प्राथमिकतामा

तनहुँ- तनहुँको म्याग्दे गाउँपालिकाले पूर्वाधार निर्माणसँगै कृषि र पशुपालन क्षेत्रलाई

स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत

रसुवा– बाढीले क्षति पुर्‍याएको पर्यटकीय लाङटाङ पदमार्ग स्थानीयवासीको सक्रियतामा मर्मत

चार दिन उपत्यकाको फोहर व्यवस्थापन प्रभावित हुने

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले आगामी कात्तिक १ देखि ४ गतेसम्म

कालीगण्डकी बाढी : रातोपानीको तातोपानी कुण्ड बगरमा परिणत

म्याग्दी– प्राकृतिक उपचार र पर्यटकीय स्थलको विकास हुन थालेको म्याग्दीको

चिनाखेतवासीलाई पहिरोले दिएको पीडा-थातथलो छाड्नुपर्ने बाध्यता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित चिनाखेतकी दिलमती छन्त्यालका लागि यस