कोरोना प्रभावितका लागि स्थानीय तहले नै बाँड्यो कुहिएको चामल « Khabarhub

कोरोना प्रभावितका लागि स्थानीय तहले नै बाँड्यो कुहिएको चामल


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– कोरोना भाइरसको संक्रमण रोक्न जारी गरिएको लकडाउन प्रभावितका लागि तनहुँको एक स्थानीय तहले वितरण गरेको राहतको चामल सडेको र ढुसी परेको भेटिएको छ ।

बन्दीपुर गाउँपालिका वडा नं ५ ले कल्चोक क्षेत्रका केही घरपरिवारलाई वितरण गरेको चामल ढुसीयुक्त छ । चामलको रङ कालो भएको र अमिलो गन्ध आएको राहत पाउने स्थानीयवासीले बताएका छन् ।

चामल ३–४ पटक पखाल्दा पनि कालो नगएको तथा पकाएर खाँदा स्वादै अर्कै आएकाले कुखुरा र सुँगुरलाई कुँडो बनाएर खुवाउन थालिएको स्थानीयवासी रेशम विकले बताए । गाउँपालिकाका अध्यक्ष पूर्णसिंह थापाले राहत वितरणका लागि वडालाई नै जिम्मा लगाइएको जानकारी दिँदै लापरवाही गर्नेलाई कारवाही गरिने बताए ।

वडाध्यक्ष ध्रुवप्रसाद लामिछानेले भने सो क्षेत्रमा राहत वितरण गर्न जिम्मेवारी वडा सदस्यलाई दिइएकाले चामल कस्तो पर्‍यो भन्ने आफूले थाहा नभएको बताए । थोक बिक्रिताको कारण सडेको चामल बिक्री भएको पाइए थोक बिक्रेतालाई कारवाही गरिने उनको भनाइ छ ।

वडाध्यक्षा लामिछानेले  उक्त चामल फिर्ता गरी शुक्रबार अर्को वितरण गर्न लागिएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  २ : ५३ बजे

महेश बस्नेतको आक्रोश : गगनहरूलाई कांग्रेसको आधिकारिकता लोकतन्त्र र विधिको शासनमाथिकै प्रहार

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसको आधिकारिकता विभाजित

आधिकारिकता पाएपछि उपसभापति भुसालले भनिन् : कांग्रेस एकताबद्ध बनाउँछौँ

काठमाडौं- गगन थापा अन्तत: नेपाली कांग्रेसका आधिकारिक सभापति भएका छन्

पूर्णबहादुरले भने : आयोगको निर्णयविरुद्ध संघर्ष गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसका निर्वतमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई

पूर्णबहादुर खड्काको आरोप : आयोगले सेटिङमा निर्णय गर्‍यो

काठमाडौं – नेपाली कांग्रेस देउवा समूहका कार्यवहाक सभापति पूर्ण बहादुर