धान छर्ने बेला मल अभाव, मारमा किसान « Khabarhub

धान छर्ने बेला मल अभाव, मारमा किसान


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीलगायत गण्डकी प्रदेशका सबै जिल्लामा यतिबेला किसानलाई गहुँ र तोरी थन्क्याउने, खेतबारीमा मकै छर्ने, तरकारी खेती गर्ने तथा चैते धान रोप्न भ्याइनभ्याइ छ ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बजारमा मल नपाएपछि किसानहरूले तरकारी, मकै तथा चैते धानमा प्रयोग गर्न पाएका छैनन् । ‘मकै खेतीका लागि मल पाएनौं, तरकारी र चैतेधानका लागि पनि अभाव देखिएको छ,’ म्याग्दीको मङ्गला गाउँपालिका सहस्रधाराका किसान राम पौडेलले भने, ‘१५ मुरी खेतमा लगाएको गहुँ पाकेर झर्न थालेको छ तर मकै छर्नका लागि मल नपाउँदा ढिला भएको छ ।’

कृषक पौडेलजस्तै यतिबेला जिल्लाका ६ वटै स्थानीय तहका कृषकहरुलाई खेतमा हाल्न युरिया मल र नाइट्रोजन चाहिएको छ । तर लकडाउनका कारण कृषकहरु घर बाहिर निस्कन पाएका छैनन् । उनीहरुले सबैतिर फोन सम्पर्क गर्दा पनि कतै युरिया मल नपाएको बताएका छन् ।

त्यसैगरी अर्का किसान रामबहादुर बानियाँले ६ रोपनी खेतमा लगाएको तरकारी बालीमा समेत युरिया मल हाल्न नपाएको बताए । यतिबेला बोडी, काँक्रा, सिमी, टमाटर, घिरौला, करेलालगायत तरकारी लगाउने बेला हो । यो बेलामा मल नहाल्दा तरकारी नै नफल्ने भएकाले आफ्नो लगानी जोखिममा पर्ने उनको भनाइ छ ।

‘बजारमा मल छैन, तरकारी कसरी उत्पादन गर्ने चिन्ता भएको छ,’ उनले भने, ‘मलको अत्यधिक अभाव भयो,’ उनले भने, ‘सरकारले वीउ पनि दिंदैन । मल पनि दिंदैन । खेती गर्ने समस्या भयो ।’

कृषि ज्ञान केन्द्र, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले बेलैमा मल ढुवानी गर्न नसक्दा र किसानहरु घरबाट बाहिर निस्कने वातावरण नहुँदा लगाइएको बाली बिग्रन थालेको छ भने मकै छर्न र तरकारी लगाउन ढिलाई भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले जिल्लामा युरिया लगायतका मलको अभाव भएको र लकडाउनका कारण ल्याउन नसकिएको बताए । ‘खेतीपातीको सिजन शुरु भएको छ, मल, वीउलगायतका सामग्री आएका छैनन्,’ उनले भने, ‘लकडाउनका कारण घरबाट निस्कन नसकेर होला कृषकहरुले पनि मल र वीउ चाहियो भनेर आएका छैनन् ।’

जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले मकै छर्ने समय भैसकेको र आफू युरिया मल नपाएर छट्पटाइरहेको बताए । ‘तरकारी लगाउने र मकै छर्ने समय भएको छ,’ उनले भने ‘कृषि ज्ञान केन्द्रमा न मल छ, न मकैको वीउ नै, किसानहरु अन्योलमा परेर बसेका छौं ।’

म्याग्दीमा २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिदैँ आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ४ : १४ बजे

ओ‌ली र लेखकलाई थुन्न हतार गरेका बालेन-सुधन सुनसरी घटनाबारे किन बोल्दैनन् ?

काठमाडौं- २०७९ को चुनावपछिको अवस्थामा वर्तमान प्रधानमन्त्री वालेन्द्र शाह सामाजिक

सङ्घीयता लोकतान्त्रिक गणतन्त्रलाई सबल बनाउने आधार हो : सभामुख यादव

जनकपुरधाम– मधेस प्रदेशका सभामुख रामअशिष यादवले सङ्घीयता केवल विकास वा

सञ्चारमन्त्रीसँग एनआरएनए प्रतिनिधिको भेट : नेपालमा थप पुँजी र प्रविधि भित्र्याउने विषयमा छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले गैरआवासीय नेपाली (एनआरएन)

लुम्बिनीमा गत आवमा सवारी दुर्घटनाबाट ५८५ को मृत्यु

बुटवल– गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२ जिल्लामा