धान छर्ने बेला मल अभाव, मारमा किसान « Khabarhub

धान छर्ने बेला मल अभाव, मारमा किसान


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीलगायत गण्डकी प्रदेशका सबै जिल्लामा यतिबेला किसानलाई गहुँ र तोरी थन्क्याउने, खेतबारीमा मकै छर्ने, तरकारी खेती गर्ने तथा चैते धान रोप्न भ्याइनभ्याइ छ ।

कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनका कारण बजारमा मल नपाएपछि किसानहरूले तरकारी, मकै तथा चैते धानमा प्रयोग गर्न पाएका छैनन् । ‘मकै खेतीका लागि मल पाएनौं, तरकारी र चैतेधानका लागि पनि अभाव देखिएको छ,’ म्याग्दीको मङ्गला गाउँपालिका सहस्रधाराका किसान राम पौडेलले भने, ‘१५ मुरी खेतमा लगाएको गहुँ पाकेर झर्न थालेको छ तर मकै छर्नका लागि मल नपाउँदा ढिला भएको छ ।’

कृषक पौडेलजस्तै यतिबेला जिल्लाका ६ वटै स्थानीय तहका कृषकहरुलाई खेतमा हाल्न युरिया मल र नाइट्रोजन चाहिएको छ । तर लकडाउनका कारण कृषकहरु घर बाहिर निस्कन पाएका छैनन् । उनीहरुले सबैतिर फोन सम्पर्क गर्दा पनि कतै युरिया मल नपाएको बताएका छन् ।

त्यसैगरी अर्का किसान रामबहादुर बानियाँले ६ रोपनी खेतमा लगाएको तरकारी बालीमा समेत युरिया मल हाल्न नपाएको बताए । यतिबेला बोडी, काँक्रा, सिमी, टमाटर, घिरौला, करेलालगायत तरकारी लगाउने बेला हो । यो बेलामा मल नहाल्दा तरकारी नै नफल्ने भएकाले आफ्नो लगानी जोखिममा पर्ने उनको भनाइ छ ।

‘बजारमा मल छैन, तरकारी कसरी उत्पादन गर्ने चिन्ता भएको छ,’ उनले भने, ‘मलको अत्यधिक अभाव भयो,’ उनले भने, ‘सरकारले वीउ पनि दिंदैन । मल पनि दिंदैन । खेती गर्ने समस्या भयो ।’

कृषि ज्ञान केन्द्र, कृषि सामग्री संस्थान र साल्ट ट्रेडिङले बेलैमा मल ढुवानी गर्न नसक्दा र किसानहरु घरबाट बाहिर निस्कने वातावरण नहुँदा लगाइएको बाली बिग्रन थालेको छ भने मकै छर्न र तरकारी लगाउन ढिलाई भएको छ ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले जिल्लामा युरिया लगायतका मलको अभाव भएको र लकडाउनका कारण ल्याउन नसकिएको बताए । ‘खेतीपातीको सिजन शुरु भएको छ, मल, वीउलगायतका सामग्री आएका छैनन्,’ उनले भने, ‘लकडाउनका कारण घरबाट निस्कन नसकेर होला कृषकहरुले पनि मल र वीउ चाहियो भनेर आएका छैनन् ।’

जिल्लाका अगुवा कृषक चन्द्रबहादुर कार्कीले मकै छर्ने समय भैसकेको र आफू युरिया मल नपाएर छट्पटाइरहेको बताए । ‘तरकारी लगाउने र मकै छर्ने समय भएको छ,’ उनले भने ‘कृषि ज्ञान केन्द्रमा न मल छ, न मकैको वीउ नै, किसानहरु अन्योलमा परेर बसेका छौं ।’

म्याग्दीमा २१ हजार ६ सय ६८ हेक्टर क्षेत्रफल खेतीयोग्य जमिन रहेकोमा ३ हजार ८ सय ९५ हेक्टरमा धान, ११ हजार १ सय १५ हेक्टरमा मकै, ३ हजार २० हेक्टरमा गहुँ, ८ सय २० हेक्टरमा तरकारी र ६ सय ३९ हेक्टर क्षेत्रफलमा फलफूल खेती गरिदैँ आएको कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ४ : १४ बजे

काठमाडौंको नगरसभामा उपप्रमुख डंगोलले भनिन्- जनमुखी नीति तथा कार्यक्रम ल्याएका छौँ

काठमाडौं- काठमाडौं महानगरपालिकाको १५औँ नगर अधिवेशनमा उपप्रमुख सुनिता डंगोलले महानगरको

ड्रोनबाट खिचिएका तस्बिरको प्रदर्शनी पर्यटन बोर्डमा सुरु (तस्बिरहरू)

काठमाडौं– नेपाल पर्यटन बोर्डमा ड्रोनबाट खिचिएका तस्बिरहरूको ३ दिने विशेष

पत्रकार विक्रम रत्न सिन्धुली २ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार सिफारिस 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा

एनएमए निर्वाचन : ‘टिम बद्री’ को घोषणपत्रमा समेटिए चिकित्सक सुरक्षा र रोजगारी विस्तार 

काठमाडौं– नेपाल चिकित्सक संघ (एनएमए) को ३० औँ केन्द्रीय कार्यकारिणी

गणेश पराजुली भन्छन्- बालेनसँग सहमति हुन्छ, वार्ता सकारात्मक छ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद गणेश पराजुलीले काठमाडौं महानगरपालिकाका मेयर