यी फिल्म, जसले कोरोना भाइरसजस्तै संक्रमणको कथा भन्छन् | Khabarhub Khabarhub

यी फिल्म, जसले कोरोना भाइरसजस्तै संक्रमणको कथा भन्छन्


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसका कारण संसारभर संक्रमणको कथा प्रस्तुत गरिएका फिल्म दर्शकले हेर्न थालेका छन् । कोरोना भाइरस फैलिने डरले सरकारले लकडाउन गरेको छ । दर्शकले पनि त्यस्तै प्रकृतिका फिल्महरु हरिरहेका छन् ।

विश्वमा बनेका केही त्यस्ता चलचित्र पनि छन्, जसले संक्रमणको समयको कथा भनेका छन् । यहाँ केही त्यस्तै फिल्मको चर्चा गरिन्छः

क्वारेन्टाइन

सन् २००७ मा बनेको स्पेनिस हरर फिल्मको रिमेक यो फिल्ममा एक अनौठो भाइरसका कारण मान्छेले ज्यान गुमाएपछि क्वारेन्टाइनमा राखिएको देखाइएको छ ।

एक भवनलाई क्वारेन्टाइन बनाइएको हुन्छ । भवनमा एक रिपोर्टर र क्यामेरामेन पनि थुनिएको देखाइन्छ ।

टुभेल मंकिज (१९९५)

सन् १९९५ मा बनेको यो फिल्ममा मानवनिर्मित भाइरसले संसारमा रोग फैलाएको र मानवजाति नै नष्ट भएको देखाइएको छ । फिल्ममा ब्रोस विल्स, ब्राड पिट लगायतका कलाकारले अभिनय गरेका छन् ।

कन्टाजियन

चारैतिर एउटा डरलाग्दो रोग फैलिएपछि अवस्थालाई फिल्ममा देखाइएको छ । अमेरिकाले त्यसको फैलावट रोक्न गरेको प्रयास र सफलता फिल्ममा देखाइएको छ ।

रेसिडेन्ट इभिल (२००२)

यो फिल्म पनि भाइरस र एन्टिभाइरसको कथामै बनाइएको छ । फिल्ममा एक सैनिक फोर्स एक भाइरससँग लडेको देखाइएको छ । अम्रेला कर्पोरेशनको जैविक हतियारसम्बन्धी बनाइएको यो फिल्ममा ६ वटा फिल्म फेन्चाइज लिएर बनाइएको छ ।

२८ डेज लेटर

यो फिल्ममा एक भाइरसले अमेरिकाको देशलाई विनाश गरेको देखाइएको छ । २८ दिनपछि बचेका मान्छेहरुले कसरी परिस्थितिको सामना गर्छन् भन्ने यो फिल्ममा हेर्न सकिन्छ ।

डाउन अफ डेड (२००४)

यो फिल्म सन् १९७८ मा बनेको फिल्मको रिमेक हो । फिल्ममा संक्रमण भएका मान्छेले संक्रमणमा नपरेका मान्छेलाई खाने गरेको कथा देखाइएको छ ।

आइ एम लिजेन्ड (२००७)

यो फिल्ममा एक रोगले धेरैको ज्यान जान्छ । उक्त रोगले जनावरलाई पनि छोड्दैन । रोगले आक्रमण गरेकाहरु राक्षस बन्छन् ।

द ह्याप्पेनिङ

सन् २००८ मा प्रदर्शनमा आएको फिल्म एक भाइरसबाट जोगिन एक परिवारले गरेको संघर्ष देखाइएको छ । हावामा फैलिएको उक्त विषले गर्दा कति मान्छे मर्छन् ।

डुम्स डे

सन् २००८ मा रिलिज भएको फिल्म डुम्से डेमा एक भाइरसले कसरी संक्रमण फैलाउँछ भन्ने देखाइएको छ ।

प्रफेक्ट सिन

सन् २०११ को यो फिल्ममा महिला सेफ र लजालु वैज्ञानिकको प्रेमकथा छ । उनीहरुमा भाइरसले असर गरेको फिल्ममा देखाइएको छ ।

वल्ड वार जेड

सन् २०१३ को यो फिल्ममा एक भाइरसका कारण मान्छेले मान्छे खाने र त्यसबाट बच्न गरिएको संघर्ष देखाइएको छ ।

फ्लू

सन् २०१३ को यो फिल्ममा पनि एक भाइरसको कथा देखाइएको छ । कोरियाको एक शहरमा महामारी फैलिएपछिको अवस्था फिल्ममा देखाइएको छ ।

भाइरस

सन् २०११ को यो फिल्म मलायलम फिल्म हो । फिल्ममा भारतको केरलामा एक डरलाग्दो भाइरस फैलिन्छ । जसलाई रोक्न मान्छेहरुले गरेको संघर्षको कथा देखाइएको छ ।

ट्रेन टु बुसान

यो फिल्ममा पनि भाइरसको संक्रमणले प्रभाव पारेको देखाइएको छ । यो दक्षिण कोरियन फिल्ममा कोरोना भाइरससँग मिल्दोजुल्दो देखाइएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ८ : ०६ बजे

यस्तो छ बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची 

काठमाडौं– बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकका लागि संघीय संसद् सचिवालयले सम्भावित

श्रीलंकाले पहिलो ‘आइओआरए व्यापार सम्मेलन’ आयोजना गर्ने

कोलम्बो– श्रीलंकाले मे २८ देखि २९ सम्म इन्डियन ओशन रिम

गृहमन्त्रीसमक्ष इप्पानको माग : ऊर्जा सुरक्षा नीति बनाऔँ

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले उपप्रधान एवं गृहमन्त्री

सन्दीपलाई सफाइपछि पारसको प्रतिक्रिया : निलम्बन फुकुवा गर्दैछौँ, बोर्डमा छलफल हुँदैछ

काठमाडौं- नेपाली लेग स्पिनर सन्दीप लामिछानेले बलात्कार मुद्दामा उच्च अदालत

अदालतबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने ढोका खुल्यो

काठमाडौं – जबर्जस्ती करणीसम्बन्धी मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएसँगै