बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण « Khabarhub

बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- एनएमबी बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

बैंकका बागमती प्रदेश कार्यलयका प्रमुख दुर्गाराम पुरी र हेटौँडा शाखा प्रमुख गोकर्णबहादुर कार्कीले मुख्यमन्त्री पौडेललाई पीपीई हस्तान्तरण गरेका हुन्।

पीपीई सेटसँगै एन९५ मास्क १०० थान र १०० एमएल बोतलका १०० थान स्यानिटाइजर पनि हस्तान्तरण गरिएको हो ।  सातवटै प्रदेशलाई १००/१०० थान पीपीई र कोरोना भाइरस नियन्त्रणको केन्द्रीय कोषमा १ करोड ५१ लाख हस्तान्तरण गरिएको प्रदेश कार्यालयका प्रमुख पुरीले जानकारी दिए।

आफूहरुको सहयोग कोरोनाबाट सुरक्षित भएर काम गर्न स्वास्थ्यकर्मीलाई यसले सहयोग पुग्ने पुरीले बताए। मुख्यमन्त्री पौडेलले प्राप्त भएका पीपीईहरू आज नै स्वास्थ्य तथा आपूर्ति व्यवस्था कार्यालयमा पठाइएको जानकारी दिए।

 

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : ५७ बजे

चार हजार ९९९ मै टेलिकमको फाइबर इन्टरनेट

काठमाडौँ- सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक चार हजार ९९९

रूपन्देहीमा एक वर्षमा ७७७ उद्योग तथा व्यावसायिक फर्म बन्द

रूपन्देही- रूपन्देहीमा साना तथा घरेलु उद्योग र व्यावसायिक फर्म बन्द हुने

बाढीमा बेपत्ता काभ्रेका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढ्यो

काभ्रेपलाञ्चोक- रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका

दक्षिणकाली मन्दिरमा भक्तजन (तस्बिरहरू) 

काठमाडौँ- काठमाडौँको दक्षिणकाली नगरपालिका–६ मा अवस्थित प्रसिद्ध दक्षिणकाली मन्दिरमा शुक्रबार

विद्यालयमा डीआई होइन काउन्सिलर राखाैँ

शिक्षा भनेको एक गतिशील प्रक्रिया हो। आजको आवश्यकता र भोलिको