बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण « Khabarhub

बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- एनएमबी बैंक लिमिटेडले बागमती प्रदेश सरकारलाई १०० थान पीपीई हस्तान्तरण गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई बैंकले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

बैंकका बागमती प्रदेश कार्यलयका प्रमुख दुर्गाराम पुरी र हेटौँडा शाखा प्रमुख गोकर्णबहादुर कार्कीले मुख्यमन्त्री पौडेललाई पीपीई हस्तान्तरण गरेका हुन्।

पीपीई सेटसँगै एन९५ मास्क १०० थान र १०० एमएल बोतलका १०० थान स्यानिटाइजर पनि हस्तान्तरण गरिएको हो ।  सातवटै प्रदेशलाई १००/१०० थान पीपीई र कोरोना भाइरस नियन्त्रणको केन्द्रीय कोषमा १ करोड ५१ लाख हस्तान्तरण गरिएको प्रदेश कार्यालयका प्रमुख पुरीले जानकारी दिए।

आफूहरुको सहयोग कोरोनाबाट सुरक्षित भएर काम गर्न स्वास्थ्यकर्मीलाई यसले सहयोग पुग्ने पुरीले बताए। मुख्यमन्त्री पौडेलले प्राप्त भएका पीपीईहरू आज नै स्वास्थ्य तथा आपूर्ति व्यवस्था कार्यालयमा पठाइएको जानकारी दिए।

 

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  ७ : ५७ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै खाँचीकोट हिल स्टेसन

अर्घाखाँची- अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट हिल

जाँचबुझ आयोगविरुद्धको रिट खारेज गरिदियो सर्वोच्चले

काठमाडौं- गत भदौ २३ र २४ गतेका घटनाको छानबिन गर्न

सरकारले निर्वाचनको वातावरण बनाएको छ : मन्त्री खरेल

भक्तपुर- सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन २१

सेनाका पूर्वजर्नेल शर्मा बने अन्तरिम सरकारका परराष्ट्रमन्त्री

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरेकी छन्। प्रधानमन्त्री कार्कीले

रविसँग मिल्ने चर्चाबीच महानगरको नगरसभामा व्यस्त बालेन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने चर्चाबीच काठमाडौं महानगरपालिकाका मेयर