प्रभु बैंकद्वारा अछाममा स्वास्थ्य सामग्रीसहित राहत वितरण | Khabarhub Khabarhub

प्रभु बैंकद्वारा अछाममा स्वास्थ्य सामग्रीसहित राहत वितरण


२८ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अछाम– प्रभु बैंकले सुदुरपश्चिमको अछाममा स्वास्थ्य सामग्री लगायत राहत सामग्री वितरण गरेको छ ।

अछाममा औषधि तथा खाद्य समाग्रीको अभाव हुन नदिन बैंकले समाजिक उत्तरदायित्व अन्तरगत राहत समाग्री वितरण गरेको प्रभु बैंक अछाममा कार्यरत कर्मचारी गणेश भण्डारीले बताए ।

अछामबाट ठूलो संख्यामा रोजगारीका लागि भारत गएकाहरु फर्किएपछि कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखेर बैैंकले स्वास्थ्य सामग्री प्रदान गरेको हो ।

अछाममा पर्याप्त औषधी नभएको, चिकित्सकसँगै खाद्य सामाग्रीको समेत अभाव रहेको स्थानीयले बताउँदै आएका छन् ।

बैंकले आफ्नो संस्थागत नीति अन्तगर्त प्रत्येक जिल्लामा राहत तथा आवश्यक सहयोगलाई निरन्तरता दिँदै आएको छ ।

प्रकाशित मिति : २८ चैत्र २०७६, शुक्रबार  १० : ०९ बजे

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत

बागमतीसहित तीन प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिया निर्यात ५२ प्रतिशतले बढ्यो

झापा – मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८१/८२ को

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज ५ गते शनिबार तदनुसार