भारतमा कोरोना संक्रमित निको हुने दर ३० प्रतिशत | Khabarhub Khabarhub

भारतमा कोरोना संक्रमित निको हुने दर ३० प्रतिशत


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत- भारतमा कोभिड–१९ संक्रमितको स्वास्थ्यलाभ दर ३० प्रतिशत मापन गरिएको छ ।

केन्द्रीय स्वास्थ्य तथा जनकल्याण मन्त्री डा. हर्षवर्द्धनले भारतमा कोरोना संक्रमित निको हुने दर ३० प्रतिशतको हाराहारीमा रहेको बताएका हुन् ।

नयाँ दिल्लीमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री हर्षवर्द्धनले आइतबारसम्म कोभिड–१९ को संक्रमण मृतकको संख्या २ हजार १०१ पुगेको जनाएका छन् ।

भारतमा एकैदिन थप ३ हजार ११३ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या ६२ हजार ८०८ पुगेको छ ।

भारतमा संक्रमितमध्ये १९ हजार ३०१ जना उपचारपछि निको भएका छन् । ४१ हजार ४०६ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

भारतमा कोभिड–१९ संक्रमितको मृत्युदर ३.३ प्रतिशत मापन गरिएको छ । स्वास्थ्यलाभ दर २९.९ प्रतिशत पुगेको छ ।

भारतमा कोरोना संक्रमितको उपचारका लागि ८४३ अस्पतालमा एक लाख ६५ हजार ९९१ शैय्याको व्यवस्थापन गरिएको छ । त्यस अतिरिक्त एक हजार ९९१ स्वास्थ्य केन्द्रमा आईसीयू र आइसालेशन सुविधासहितको एक लाख ३५ हजार ६४३ शैय्या तयारी अवस्थामा रहेको उनले जानकारी दिए ।

भारतको सबै राज्यमा गरी ३२ लाख ७६ हजार व्यक्तिगत सुरक्षा उपकरण वितरण गरिएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ९ : ०१ बजे

हत्या आरोपका प्रतिवादी ९ वर्षपछि पक्राउ

काठमाडौं– प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ

छबिसपथिभेराको मत गनिसक्दा एमालेलाई ७ सय १४ मतको अग्रता

बझाङ– बझाङ प्रदेश १ को उपनिर्वाचनमा छबिसपथिभेरा गाउँपालिकाको मतगणना सकिएको

मकवानपुरमा डेङ्गु सङ्क्रमित बढ्दै

बागमती– पछिल्लो नौ महिनाको अवधिमा मकवानपुरमा आठ सय ५७ जना

कान्तिलोकपथमा आजदेखि १३ घण्टा यातायात सञ्चालनमा

बागमती– कान्तिलोकपथअन्तर्गत मकवानपुरको हेटौँडा-काठमाडौँ जोड्ने सडक आज बिहानदेखि दैनिक १३

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २