अमेरिकामा १२ सय डलरको सहुलियत पाउन ३ दिनभित्र बैंक खाता दिनुपर्ने | Khabarhub Khabarhub

अमेरिकामा १२ सय डलरको सहुलियत पाउन ३ दिनभित्र बैंक खाता दिनुपर्ने


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट प्रभावित भएकाका लागि अमेरिकी सरकारले घोषणा गरेको आर्थिक सहुलियत अन्तर्गत १२ सय डलर प्राप्त गर्न तीनभित्र आफ्नो बैंक खाताको विवरण बुझाउनुपर्ने भएको छ ।

प्रति वर्ष ७५ हजार अमेरिकी डलरभन्दा कम आम्दानी भएकाहरुलाई दिइने भनिएको १२ सय डलर रकम प्राप्त गर्न यही मे १३ भित्र आफ्नो बैंक खाताको विवरण दिन त्यहाँको आन्तरिक राजश्व सेवा कार्यालय (इन्टरनल रेभिन्यु सर्भिस – आइआरएस) ले अपिल गरेको छ ।

मे १३ को दिउँसो १२ बजेसम्म बैंक खाताको विवरण प्राप्त गरिएमात्रै प्रभावितहरुलाई दिइने भनिएको रकम खातामा पठाउन सकिने कार्यालयले जनाएको छ ।

मे १३ सम्म पनि बैंक खाताको विवरण प्राप्त नभए सम्बन्धित व्यक्तिहरुलाई हुलाकमार्फत चेक पठाइने जनाइएको छ ।

आम्दानी कम भएर करको दायरामा नआएका तथा आप्रवासी भिसामा सन् २०१९ मा अमेरिका पुगेका व्यक्तिहरुले पनि तोकिएको प्रावधान पूरा गरेमा उक्त सहुलियत पाउनेछन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ११ : ०७ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

आज २०८१ साल वैशाख २१ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २१ गते शुक्रबार तदनुसार

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र