अमेरिकामा १२ सय डलरको सहुलियत पाउन ३ दिनभित्र बैंक खाता दिनुपर्ने « Khabarhub

अमेरिकामा १२ सय डलरको सहुलियत पाउन ३ दिनभित्र बैंक खाता दिनुपर्ने


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसबाट प्रभावित भएकाका लागि अमेरिकी सरकारले घोषणा गरेको आर्थिक सहुलियत अन्तर्गत १२ सय डलर प्राप्त गर्न तीनभित्र आफ्नो बैंक खाताको विवरण बुझाउनुपर्ने भएको छ ।

प्रति वर्ष ७५ हजार अमेरिकी डलरभन्दा कम आम्दानी भएकाहरुलाई दिइने भनिएको १२ सय डलर रकम प्राप्त गर्न यही मे १३ भित्र आफ्नो बैंक खाताको विवरण दिन त्यहाँको आन्तरिक राजश्व सेवा कार्यालय (इन्टरनल रेभिन्यु सर्भिस – आइआरएस) ले अपिल गरेको छ ।

मे १३ को दिउँसो १२ बजेसम्म बैंक खाताको विवरण प्राप्त गरिएमात्रै प्रभावितहरुलाई दिइने भनिएको रकम खातामा पठाउन सकिने कार्यालयले जनाएको छ ।

मे १३ सम्म पनि बैंक खाताको विवरण प्राप्त नभए सम्बन्धित व्यक्तिहरुलाई हुलाकमार्फत चेक पठाइने जनाइएको छ ।

आम्दानी कम भएर करको दायरामा नआएका तथा आप्रवासी भिसामा सन् २०१९ मा अमेरिका पुगेका व्यक्तिहरुले पनि तोकिएको प्रावधान पूरा गरेमा उक्त सहुलियत पाउनेछन् ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  ११ : ०७ बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड