संसद भवन अगाडि विरोध गर्न पुगेका युवाहरु पक्राउ | Khabarhub Khabarhub

संसद भवन अगाडि विरोध गर्न पुगेका युवाहरु पक्राउ


२८ बैशाख २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतले नेपाली भूमिमा सडक निर्माण गरेको विषय विरोध जनाउन पुगेका युवाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार बिहान संघीय संसद भवन अगाडि विरोध प्रदर्शन गर्न पुगेका युवा–विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो ।

कुनै पनि राजनीतिक दल तथा संगठनको झण्डा नलिइ संसद भवन अगाडि पुगेका उनीहरुले भारतले नेपाली भूमि मिचेर सडक निर्माण गरेको विरोधमा नाराबाजी गरेका थिए ।

उनीहरुले नेता तथा सांसदहरुको विरोधमा पनि नाराबाजी गरेका थिए । नाराबाजीका बीच संसद भवनको गेटमै आक्रमण गर्न थालेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

प्रकाशित मिति : २८ बैशाख २०७७, आइतबार  १ : ०४ बजे

भारतीय ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् गम्भीर

विराटनगर- विराटनगरमा मंगलबार साँझ भएको दुर्घटनामा एक महिलाको मृत्यु भएको

सरकार र मेलम्चीका स्थानीयबीच जुट्यो सहमति

काठमाडौं– खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रका स्थानीयबीच

कास्कीबाट जेनजी आन्दोलनमा लुटपाट तथा आगजनी गर्ने पाँचजना पक्राउ

गण्डकी- कास्की प्रहरीले जेनजी आन्दोलनमा लुटपाट, तोडफोड तथा आगजनी गर्ने

नेपाल-भारत सीमानाकाको आवागमन सञ्चालन

महोत्तरी- छिमेकी मित्रराष्ट्र भारतको बिहार राज्यमा हुने विधानसभा निर्वाचनलाई मध्यनजर